Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
पर्वत- आफ्ना दुई छोरी जिउँदै नदीमा बगाएको अभियोग लागेका पर्वतको पिपलटारी गाविसका कृष्ण शर्मा तिवारीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । पर्वत जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलालसले अभियुक्त तिवारीलाई यस्तो फैसला गरेको हो ।
तिवारीले आफ्ना नाबालक छोरीहरू ६ वर्षीया नवीना र ८ वर्षीया नमुना तिवारीलाई जिउँदै मोदी खोलामा बगाएर हत्या गरेका थिए । २०६८ साउन १५ गते राति नदीमा छोरी बगाएपछि उनीहरू अपहरणमा परेको भन्दै खोजीको आग्रह गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा आफैंले जिउँदै बगाएको स्विकारेपछि उनीविरुद्ध साउन २६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
अदालतले भदौ १८ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो ।
तिवारीका तीन छोरीमध्ये जेठी सानिआमाको घरमा बस्दै आएकी छन् भने श्रीमती रोजगारीका लागि इजरायलमा छिन् ।
तपाईको प्रतिक्रिया