Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ – राष्ट्रपति रामवरण यादवसँग अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरको भेट हुने भएको छ । एन्फा अध्यक्ष गणेश थापाका अनुसार काठमाडौं ओर्लेकै दिन बिहीबार साढे २ बजे शीतलनिवासस्थित कार्यालयमा राष्ट्रपति यादव भेट्न पुग्नेछन् ।
‘राष्ट्रपतिसँग भेट्नु ठीक एक घन्टाअघि प्रधानमन्त्री बाबुराम भट्टराई भेट्न ब्लाटर सिंहदरबार पुग्नेछन्,’ थापाले भने, ‘त्यसपछि उनी एएफसी च्यालेन्ज कप उद्घाटन गर्न सवा ४ बजे दशरथ रंगशाला पुग्नेछन् ।’ विश्व फुटबलको सबैभन्दा शक्तिशाली पद १४ वर्षयता सम्हाल्दै आएका ब्लाटरको भ्रमणबाट फुटबलमा थप सहयोग हुने थापाले आस व्यक्त गरे । उनले भने, ‘उच्च पदाधिकारीसँगको भेटमा फुटबलमा सहयोगबारे पनि छलफल हुनेछ ।’
नेपालको भ्रमण गर्ने दोस्रो फिफा अध्यक्ष हुनेछन्, ब्लाटर । उनीअघिका फिफा अध्यक्ष जाओ हाभेलान्ज झन्डै दुई दशकअघि  स्विस नागरिक ब्लाटर निजी विमानबाट बिहीबार ११ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लनेछन् ।
दुईदिने नेपाल भ्रमण पूरा गर्दै उनी भारत प्रस्थानका लागि ११ बजे त्रिभुवन विमानस्थल जानेछन् ।
तपाईको प्रतिक्रिया