Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा चक्रपथ निर्माण सुरु भएको छ।कालीगण्डकी र म्याग्दीनदीको किनारैकिनार निर्माण भएको तटबन्धलाई चक्रपथका रूपमा प्रयोग गर्न थालिएको हो। नदी कटान नियन्त्रण गर्नका निमित्त तटबन्धलाई चक्रपथका रूपमा प्रयोग गर्न ग्राभेल गर्न सुरु भएको बताइएको छ। अहिले कालीपुलदेखि जिपपार्कसम्म मोटरसाइकल र ट्र्याक्टर सञ्चालन हुन थालेको छ।

तटबन्धलाई सडकका रूपमा प्रयोग गर्ने योजनाअनुसार ग्राभेल गर्न सुरु गरिएको निर्माण समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताउनुभयो। नदी किनारमा तारजाली भरेपछि ट्रयाक खुलेकाले त्यसलाई सुधार गर्न लागिएको उहाँले जानकारी दिनुभयो। बेनीबजारमा चक्रपथ निर्माण गर्ने म्याग्दी उद्योग वाणिज्य संघको अवधारणाअनुसार तटबन्धलाई सडकका रूपमा प्रयोग गर्न लागिएको हो।

साँघुरो सडक रहेको बजारभित्र सवारीसाधन आवागमन व्यवस्थित गर्न चक्रपथले सहयोग गर्ने निर्माण समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ। जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको रु एक करोड सहयोगमा कालीपुलदेखि मङ्गलाघाटसम्म कालीगण्डकी र म्याग्दीनदीमा दुई किलोमिटर तटबन्ध गरिसकिएको छ।

दुईवटै नदी किनारमा एक हजार ७५ थान तारजाली भर्ने काम खुल्लामञ्च परिसरमा बाँकी भए पनि वस्ती वरपर ग्राभेल भरिएको छ। ***

 

तपाईको प्रतिक्रिया