Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
कतार – जर्मनी जानका लागि भीसा नभएर समस्यामा परेका पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टले दुई दिनपछि बुधबार भीसा पाएका छन् । उनलाई संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जर्मनी दुतावासले स्थानीय समयअनुसार मध्याह्न भीसा दिएको हो ।
जर्मनीमा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिन हिँडेका विष्टको पासपोर्टमा भीसा नभएपछि युएईको अवुधावी अन्तर्राष्ट्रिय विमानस्थको अध्यागमनले उनलाई सोमबार रातिदेखि उडान अनुमति दिएको थिएन ।
अबुधाबीमा रहेको नेपाली दूतावासले मन्त्री विष्टको भीसाको लागि आवेदन गरेपछि उनले भीसा पाएका हुन् ।
मन्त्री श्रीमतीसहित बिहीबार उज्यालो नहुँदै बिहान २ बजे अबुधाबीबाट जर्मनीको लागि उड्दै छन् । उनी श्रीमतीसहित नेपाली दुतावासको निवासमा छन् ।
तपाईको प्रतिक्रिया