Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- भ्रष्टाचार शिष्टाचारको रुपमा परिणत भएको लोकतान्त्रिक गणतान्त्रिक देश नेपालमा सार्वजनिक विदाहरुको भीड लागिरहेकोमा अब आएर हाम्रा लोकप्रिय राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जन्म दिनहरुमा पनि सार्वजनिक विदा घोषणा गर्न लागेको विशेष सूत्रबाट थाहा भएको छ ।
प्रजातन्त्र भएको देशमा राष्ट्रिय प्रजातन्त्र दिवस अब नमनाउने भएको हुँदा अब फागुन ७ गतेको सट्टा राष्ट्रपति र प्रधानमन्त्रीको जन्म दिनहरुमा देशभर लागू हुने गरी सार्वजनिक विदा दिन तयारी गरिए पनि यसको विरोध भइरहेको छ ।
नेपाल धर्म निरपेक्ष देश भएको हुंदा नेपालमा रहेका विभिन्न जनजातिहरुको पर्वहरुमा राष्ट्रिय विदा दिंदै आएकोमा अरु कुनै ठोस काम नसके पनि राष्ट्रपति र प्रधानमन्त्रीको जन्म दिनको घोषणा गर्दा ऐतिहासिक कार्य गरेको महसूस गर्न थालेका छन् ।
तपाईको प्रतिक्रिया