Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – आठ बाम समूहसँग आवद्ध महिला नेताहरुले आज फागुन २३ गते प्रधानमन्त्री डा. बाबुराम भटराईलाई सिंहदरबारमा भेटेर एक ज्ञापनपत्र दिएका छन् ।

१०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा दिईएको ज्ञापन पत्रमा मुख्य गरेर श्रमिक महिला दिवसको ऐतिहासिक महत्व र यसको भाव आउने किसिमले यो दिवस मनाईनुपर्ने र राज्य र सरकारले यसको ऐतिहासिक र अन्तरराष्ट्रिय महत्वलाई आत्मसात गरेर यस दिनको सम्मानमा राष्ट्रियरुपमा नै बिदाको घोषणा गर्नुपर्ने माग उठएका छन् ।

त्यस अवसरमा प्रधानमन्त्रीले आठ बाम महिला संगठनहरुको यो जायज मागलाई आत्मसात गरेर कदम उठाउने बचनबद्धता जाहेर गर्नुभएको महिला नेताहरुले जनाएका छन् ।

ज्ञापनपत्र दिनका लागि अनेमसंघ (क्रान्तिकारी) का तर्फबाट अमृता थापा, अनेमसंघको तर्फबाट मिना पुन, अखिल नेपाल प्रगतिशील महिला संघको तर्फबाट सीता खड्का, नेपाल महिला फेडरेशनको तर्फबाट देविका लिम्बु, नेपाल प्रगतिशील महिला संघ (एकीकृत) को तर्फबाट लिला सिटौला, नेपाल प्रगतिशील महिलासंघ (एकीकृत क्रान्तिकारी) को तर्फबाट सरिता महजर्न, नेपाल प्रगतिलील महिला फेडरेशनको तर्फबाट सीता सुवेदी, नेपाल प्रगतिशील महिला संघ (समाजवादी) को तर्फबाट धनकुमारी लगायत १६ जना महिला नेताहरु सामेल हुनुहुन्थ्यो । ***

 

तपाईको प्रतिक्रिया