Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– सदभावना पार्टीबाट विभाजित भएर बनेको संघीय सदभावना पार्टीले आफूहरुलाई संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी नगराएकोमा असन्तुष्टि प्रकट गर्दै अन्तिम अल्टिमेटम दिएको छ ।
हालै बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मोर्चाको आगामी बैठक देखिनै आफ्नो पार्टीलाई सहभागी गराउन माग गर्दै मोर्चा निर्माणमा पार्टी अध्यक्ष अनिलकुमार झाको प्रमुख योगदान भए पनि आफ्नै पार्टी बाहिर बस्नु परेकोमा दुःख ब्यक्त समेत गरेको छ ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर मोर्चामा आफ्नो पार्टीलाई समावेश  गर्न बारम्बार आग्रह गर्दा समेत सुनवाई नभएकोले अन्तिम समय दिएको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योगमन्त्री समेत रहेका अध्यक्ष अनिल झाले मोर्चा निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आफैले नेतृत्व गरेको पार्टीलाई मोर्चा बाहिर राख्नु न्यायसंगत नहुने तर्क गरे । उनले मोर्चाले आफ्नो पार्टीलाई सहभागी नगराए मोर्चाको विकल्प समेत खोज्न सक्ने चेतावनी दिए ।
उनले सघीय सदभावना पार्टीलाई मोर्चामा सहभागी नगराउने भए किन मोर्चामा सहभागी नगराउने भन्ने विषयमा स्पष्ट पार्न समेत आग्रह गरे । मन्त्री झाले पहिलाका मधेस विरोधीहरुसँग मोर्चामा रहेको अवस्थामा सच्चा मधेसबादी शक्तिको रुपमा रहेको आफ्नो पार्टीलाई मोर्चा बाहिर राख्नु तर्क संगत नहुने तर्क समेत गरे ।
पत्रकार सम्मेलनमा पार्टीको पहिलो महाधिवेशन आगामी बैशाख ८, ९ र १० गते वीरगन्जजमा गर्न विभिन्न समितिहरु गठन गरिएको जानकारी समेत गराइएको थियो । महाधिवेशनको सफल आयोजनाको लागि सो पार्टीले महाधिवेशन कार्य सञ्चालन र ब्यवस्थापनको लागि अध्यक्ष झाको संयोजकत्वमा २७ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष झाले विभाजित भएका मधेसवादी पार्टीमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपाल बाहेक कुनै पनि पार्टीले पनि महाधिवेशन गर्न नसकेको उल्लेख गर्दै आफ्नो पार्टीले स्थापनाको छोटै समयमा महाधिवेशन गरेर पार्टीलाई पूर्णरुपमा संगठनात्मक अवधारणअनुसार सञ्चालन गर्ने प्रयत्न गरेको बताए । ***
तपाईको प्रतिक्रिया