Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- पूर्व गृहमन्त्री भीम रावलले ल्याएको विशेष सुरक्षा योजना ‘मधेसविरोधी’ भएको आरोप लागे पनि उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले लागू गर्ने तयारी गरेका छन् ।
मन्त्री गच्छदारले सरकारले आगामी तीन महिनाका लागि विशेष सुरक्षा नीति ल्याउन लागेको मंगलबार बिराटनगरमा जानकारी दिए । खासगरी मधेसी दलहरुले योजनाको विरोध गरेका थिए ।
‘पूर्वाञ्चल क्षेत्रको शान्ति-सुरक्षाको स्थिति, चुनौती र समाधानको उपाय’ विषयमा भएको सुरक्षा बैठकपछि सञ्चारकर्मीसँग उनले सो कुरा बताएका हुन्। व्यक्तिगत घटनाको आधारमा सुरक्षा-व्यवस्था कमजोर छ भन्नु गलत भएको बताउँदै मन्त्री गच्छदारले कुनै पनि अपराधीलाई कानुनी दायराबाट उम्किन नदिइने प्रतिबद्धता जनाए।
रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्दै आएका गच्छदारले केही दिनअघि काठमाडौंमा भएको बमकाण्डले सुरक्षा व्यवस्थामा चुनौती थपेको स्वीकारे।
तपाईको प्रतिक्रिया