Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नायिका शशि खड्काले आफूलाई सेक्स प्रस्ताव आउने गरेको खुलासा गरेका छन् । नायिकाहरुका लागि यस्तो प्रस्ताव स्वभाविक भएको उनको भनाइ छ ।
‘नायिकाहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सेक्स प्रस्ताव गर्नेहरू थुप्रै हुन्छन्,’ उनले एक दैनिक पत्रिकासँग भनेकी छिन् ।
शशिले अहिलेसम्म ब्वाइफ्रेन्ड बनाउन सकेकी रहिनछन् । १३ वर्षको उमेरदेखि अभिनयक्षेत्रमा छिरेकी शशि अहिलेसम्म यस मामिलमा ‘एक्लै’ छिन् रे ! हिजोआज उनलाई ब्वाइफ्रेन्ड नहुँदा कुनै–कुनै ठाउँमा अप्ठ्यारो पर्दो रहेछ भन्ने लाग्न थालेको छ । ‘विशेष गरेर भ्यालेन्टाइन डेमा अप्ठ्यारो पर्दो रहेछ’ उनले भनिन्, ‘त्यसैले एउटा ब्वाइफ्रेन्ड त चाहिन्छ नै जस्तो छ ।’ त्यसो त उनीसँग नजिकिन चाहने, प्रेमप्रस्ताव राख्ने केटाहरू थोरै त कहाँ हुन्छन् र ? ‘अहिलेसम्म मनले खाएका व्यक्ति नै कुनै आएको छैन त के गरूँ’ उनले अप्ठ्यारो सुनाइन् ।
१३ वर्षअघि थोरै भए पुगिसरि टेलिसिरियलबाट अभिनयमा प्रवेश गरेकी थिइन् उनी ।
तपाईको प्रतिक्रिया