Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- बहिर्गमनमा परेका माओवादी पूर्वलडाकुले गरेको बन्दका कारण प्यूठानमा रोकिएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री डा बाबुराम भट्टराईले हेलिकप्टरबाट राजधानी ल्याएका छन् ।
मध्यपश्चिमा रहेका प्रधानमन्त्रीले प्रचण्ड,  उपाध्यक्ष मोहन वैद्य सहितका आधा दर्जन नेताहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट राजधानी ल्याएका हुन् ।
माओवादी प्यूठानले आइतबार बिजुवारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष दाहाल सहितका नेताहरु प्यूठान गएका थिए। माओवादीका पूर्व लडाकुहरुले आफूमाथि लगाइएको अयोग्यको बिल्ला हटाइनुपर्ने, उचित व्यवस्थापनका लागि एकमुष्ठ आर्थिक प्याकेज दिइनुपर्ने, घाइते-अपाङ्ग तथा सुत्केरी महिलाको हकमा थप राहत दिइनुपर्ने माग राख्दै बन्द आह्वान गरेका हुन्।
बन्दका कारण सोमबार बिहानैदेखि जिल्लाबाट बाहिर जाने छोटो तथा लामो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्यूठानमै रोकिएका नेताहरुले सोमबार बिहान सदरमुकाम खलङ्गामा आयोजित सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट गरेका थिए।
तपाईको प्रतिक्रिया