Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी) पार्टी शान्ति प्रक्रियाप्रति इमान्दार नभइ गोलमटोल पक्षधर भएको बताए।
विराटनगर विमानस्थलमा सोमबार नेता पौडेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत नेकपा (माओवादी) पार्टीले चाहेमा एक हप्ताभित्र शान्ति प्रक्रिया टुङ्गिने दाबी गरे।
उनले एमाओवादी पार्टी शान्ति र संविधान दुवैका बाधक हो भन्दै शान्तिभन्दा पनि सत्ता कब्जा गर्ने मनसाय बोकेको यो पार्टीका लडाकु समायोजनमा ब्रिगेडियर जनरल पद दिन नमिल्ने स्पष्ट गरे।
नेता पौडेलले नेपाली कांग्रेसका निम्ति सत्ताभन्दा पनि शान्ति र संविधान महत्वपूर्ण भएकाले शान्ति प्रक्रिया नटुङ्गी जारी हुने संविधानको महत्व नहुने बताए।
तपाईको प्रतिक्रिया