Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
राजविराज- जिल्ला हुलाक कार्यालय सप्तरीका कर्मचारीलाई सत्तासीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ताले कुटपिट गरेका छन् । फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारको प्रमुख आतिथिति रहने पार्टीको कार्यक्रमका लागि चन्दा नदिएको आक्रोशमा कर्मचारीहरुलाई दुर्व्यवहार र कुटपिट गरिएको हो ।
चन्दा माग्न आएका कार्यकर्ताले हुलाक कार्यालयका निमित्त प्रमुख पाण्डव ठाकुरलाई दुर्व्यवहार गर्नुका साथै हलकारा रामप्रसाद इसरलाई कुटपिट गरेको पीडितले बताए ।
फोरम (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष शैलेश चौधरीले मोटरसाइकलका लागि पेट्रोल माग्न पुगेका कार्यकर्तासँग कर्मचारीको विवादमात्र भएको बताए । अध्यक्ष गच्छदारको विरोधमा कर्मचारीले कुरा गरेपछि विवाद बढेको उनले बताए ।
यसैबीच नेपाल निजामती कर्मचारी सङ्गठनले कार्यालयभित्र कर्मचारीमाथि हातपात गर्ने फोरम (लोकतान्त्रिक) का कार्यकर्तामाथि कारबाहीको माग गरेको छ । सङ्गठनका सप्तरी अध्यक्ष सुब्बालाल मण्डलले कुटपिट गर्ने कार्यकर्तालाई कारबाही गर्नुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखे ।
घटनास्थलबाट पक्राउ परेका तीनजना कार्यकर्तालाई प्रहरीले तत्कालै रिहा गरिदिएको छ ।
फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री गच्छेदार विद्यार्थी फोरम (लोकतान्त्रिक) सप्तरीद्वारा राजविराजमा राखिएको प्रशिक्षण कार्यक्रममा भाग लिन आज अपराह्न आउँदै छन् ।
तपाईको प्रतिक्रिया