Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ।
बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र बिजुली जानेछ।
गर्मी सुरु भएर नदीमा पानी बढेको र कुलेखानी जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर प्राधिकरणले लोडसेडिङलाई घटाएको हो।
चैत दोस्रो सातादेखि हुने एसएलसी परिक्षालाई समेत दृष्टिगत गरेर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। सोमबारदेखि हप्ताभरिमा ६२ घण्टामात्र लोडसेडिङ हुनेछ।
बिजुली चोरी हुने स्थानहरुमा भने ५ घण्टासम्म थप लोडसेडिङ हुने समेत प्राधिकरणले जनाएको छ।
तपाईको प्रतिक्रिया