Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ – प्रहरीका अनुसार यो समूहले विस्फोट गराउनु केही साताअघि कपनमा बसेर काठमाडौंका विभिन्न स्थानमा विस्फोटका योजना बनाएको थियो । मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम, सुरेश र सागर लामाले योजना बनाएका थिए । राजधानी भित्र र बाहिर गरी झन्डै ५० भन्दा बढी स्थानमा विस्फोट गराएको समूहले सर्वसाधारणमाझ परिचित गराउन सार्वजनिक र भीडभाड बढी हुने स्थानलाई छानेको प्रहरीको भनाइ छ । ‘बम विस्फोट गराउने स्थान छनोट गर्दा इन्धन अभावको समस्यालाई केन्द्र बनाएर जनताको सहानुभूति र प्रचारबाजी गर्न आयल निगम छानेको देखियो,’ डीआईजी अर्यालले भने, ‘माघको अन्तिम सातादेखि नै यिनीहरूको समूह स्थान पहिचान गर्न लागेको थियो ।’
विस्फोटमा प्रयोग भएको विस्फोटक पदार्थ बुद्धिबहादुर गोलेको सिनामंगलस्थित डेरा कोठामा बनाएको प्रहरीले जनाएको छ । घटनाको दिन बिहान ९ बजे पक्राउ परेका ६ जनाले बानेश्वर, अनामनगर लगायतका क्षेत्रमा बसेर छलफल तथा घटनास्थलको रेकी गरेको प्रहरीले जनाएकोछ । यो समूहले विभिन्न स्थानमा गरी ९ वटा विस्फोट लगायतका घटना घटाएका छन् । घटनामा परी धादिङबाट आफ्नो जग्गा धरौटी राखेर पैसा झिक्न आएका वीरबहादुर तामाङ, मानबहादुर तामाङ र कृष्णबहादुर तामाङको मृत्यु भएको थियो । घाइते सोमबहादुर तामाङ, विष्णुप्रसाद फ्लुरा र वासु खड्काको उपचार भइरहेको छ ।
घटनालगत्तै प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी, आयुक्तको कार्यालय इन्टिलिजेन्स शाखाका एसएसपी केदारमानसिंह भण्डारी र प्रतिआतंकवाद सेलका एसपी सुबोध घिमिरेको छानबिन टोली बनाएको थियो ।
बमकाण्डका ६ पक्राउ
काठमाडौं- साताअघि राजधानीको बबरमहलमा ३ जनाको ज्यान जाने गरी बम विस्फोट गराउने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रतिआतंकवाद सेल, आयुक्तको कार्यालय र अपराध महाशाखाबाट खटिएको ५० भन्दा बढीको अनुसन्धान टोलीले घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू सबै बम विस्फोटको जिम्मा लिने संयुक्त जातीय मुक्ति मोर्चाका केन्द्रीय सदस्य भएको प्रहरीले बताएको छ ।
मोर्चाका नाममा विस्फोट गराउने र विस्फोटको जिम्मा लिने मुख्य योजनाकार विश्वक्रान्ति भनिने देवराज लामा भने अझै फरार छन् ।
अनुसन्धान प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले काठमाडौंभित्र र बाहिरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरूले देवराजको निर्देशनमा बम बनाउने र विस्फोट गराउने काम गरेका थिए । विस्फोट हुनु आधा घन्टाअघि बम बोरामा पोको पारेर त्यहाँ लगेर राखेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एक नुवाकोट ओखरपौवाका भीमबहादुर तामाङ हुन् । ३५ वषर्ीय उनी मोर्चाको केन्द्रीय सदस्य भएको र उनले योजना बनाएको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार उनी कर्तव्य ज्यान मुद्दाका समेत फरार अभियुक्त हुन् । उनले नुवाकोटका पाण्डु लामालाई २०६६ सालमा हत्या गरेका थिए ।
रामेछाप गोश्वाराका आविष्कार भनिने निमा दोर्जे तामाङ पनि घटनामा संलग्न भएको दाबी प्रहरीको छ । एलायन्स एकेडेमीका अनुशासन शिक्षक उनले बबरमहल विस्फोटको योजना बनाएको डीआईजी अर्यालले बताए ।
बबिता बास गार्मेन्ट शान्तिनगरमा काम गर्ने बुद्धिबहादुर गोलेलाई प्रहरीले बम विस्फोटका लागि आयल निगमको गेट छनोट गरेको, बम बनाउने सामग्री जुटाएको आरोपमा समातेको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै सदस्य संयुक्त जातीय मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले छत्रे ६, दमदमी धादिङका पि्रतम भनिने प्रेम तामाङले बम राखेको बताएको छ । ‘दस दिनअघि योजना बनाएर यिनीहरूले बम राखेका हुन्,’ डीआईजी अर्यालले भने, ‘रेकी गरेर चहलपहल हुने ठाउँको छनोट गरेका छन् ।’
यस्तै धादिङ नौबीसेका सागर लामाले बम बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेकी गर्ने र बम राख्ने काममा यिनको पनि संलग्नता छ । बबिता बास गार्मेन्टमै काम गर्ने धादिङ तसरपुरका सुरेश लामा पनि बम बनाएकै अभियोगमा समातिएका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिको डेराबाट जिलेटिन ‘हाई एक्प्लोसिभ) १० लोला, बम बनाउन प्रयोग हुने प्रेसरकुकर एउटा, बम बनाउन प्रयोग हुने जीआई पाइपका टुक्राहरू, तार, लगायतका सामान बरामद गरेको छ ।
डीआईजी अर्यालका अनुसार यी बरामद भएका सामानले यो समूहले अन्य स्थानमा पनि विस्फोटको तयारी गरेका  थिए । ‘पूरै योजनाका साथ यिनीहरूले अन्यत्र स्थानमा समेत विस्फोटको तयारी गरेको पाइयो,’ उनले भने, ‘पचासभन्दा बढी प्रहरीको सक्रियताले त्यस्तो घटना दोहोरिएन ।’ डीआईजी अर्यालले बम विस्फोटलाई आतंककारी हमला भएको बताउँदै पक्राउ परेका व्यक्तिलाई कर्तव्य ज्यान र विस्फोटक पदार्थसम्बन्धी अपराधमा मुद्दा चलाइने बताए ।
तपाईको प्रतिक्रिया