Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं – एमाले अध्यक्ष झलनाथ खनालले माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन नसक्ने बताए । उनले माओवादीमा ठूलो दलको अहम् रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम रहेको उल्लेख गरे । ‘तर वास्तवमा लोकतन्त्र वचाउन एमालेबाटमात्र सम्भव छ,’ उनले भने, ‘लोकतन्त्रका लागि कसैले सवैभन्दा माथि झण्डा उठाएको छ भने त्यो एमालेले उठाएको छ ।’
खनाले भने-‘संविधान चुनावमा जे कारणले एमाले तेस्रो नम्वरमा भए पनि जनताको हृदयमा एमाले पहिलो स्थानमा छ भन्ने देखाएको छ,’ खुलामञ्चमा आइतबार एमाले जनसभामा उपस्थितलाई हौस्याउँदै उनले भने, ‘अब खुलामञ्च साँघुरो हुन थालेको छ, यो सानो हुन थालेको छ ।’
खनालले मधेसका सवाल बिर्सिएर मधेसी दलले नौटंकी देखाएको आरोप लगाए । कन्चपुरका बासिन्दाले महाकालीको पानी उपयोग गर्न नपाउँदा र सुस्तामा सीमा मिचिँदा पनि मधेसी दलले वास्तासमेत नगरेको टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया