Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं- राजधानीको कालीमाटीस्थित तरकारी तथा फलफुल बजारमा शनिबार राति भएको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीन जना छन् ।

आगलागीमा आगलागीमा दाङ घर भई कालीमाटीमै तरकारी व्यापार गर्दै आएका हिराबहादुर पुन, उनका छोरा निराजन छोरी लिला पुनको मृत्यु भएको छ । आगलागीमा मृत्यु भएका अन्य ३ जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
आगलागीमा घाइते पुनकी श्रीमतीको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । आगलागीमा १० करोडभन्दा बढिको क्षति भएको प्रहरीले जनाएको छ ।
एक्कासी बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।  प्रहरीले रातिदेखि नै क्षतिको विवरण संकलनको काम गरिरहेको छ ।
आगलागीपछि काठमाडौंको एकमात्र ठूलो तरकारी व्यापार क्षेत्र बन्द भएको छ ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले कालीमाटी आगलागी पीडितलाई राहत दिन निर्देशन दिएका छन् ।
आइतबार बिहान उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार र राजनीतिक सल्लाहका देवेन्द्र पौडेललाई स्थिति अनुगमन गरी राहत दिन निर्देशन दिएका हुन् । गच्छदार र पौडेलले आइतबार बिहान नै आगलागी क्षेत्रको निरीक्षणमा गरेका छन् ।
सरकारले भरत खतिवडाको संयोजकत्वमा आइतबार नै आकस्मिक क्षति संकलन कार्यसमिति गठन गरेको छ ।

 

तपाईको प्रतिक्रिया