Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठक राजधानी काठमाडौँमा आइतबारदेखि सुरु हुादैछ ।
बैठकको खुलामञ्चमा आयोजित विशेष समारोहमा एमाले अध्यक्ष झलनाथ खनालले उदघाटन गर्ने कार्यक्रम छ । १२ बजे आयोजित जनसभालाई पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली, उपाध्यक्षहरु वामदेव गौतम, अशोक राई र विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नुहुनेछ । बैठकमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता आएपछि राजधानी एमालेमय भएको छ ।
बुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि पार्टीको सबैभन्दा महत्वपूर्ण बैठकका रुपमा राष्ट्रिय परिषद्को यो बैठक आयोजना भइरहेको छ । यो बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति, शान्ति प्रक्रियामा देखापरेका अवरोध र संविधान निर्माण कार्यमा देखापरेका जटिलताहरुको बारेमा गहन छलफल गर्नेछ र पार्टीलाई मार्गनिर्देशन गर्ने एमालेले जनाएको छ ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु ११५ जना, अनुशासन आयोगका १७ जना, सल्लाहकार परिषद्का ४६ जना, केन्द्रीय लेखा परीक्षण आयोगका १५ जना, जेष्ठ कम्युनिस्ट मञ्चका २३ जना, केन्द्रीय विभागका सचिवहरु २० जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरु २० जना, अञ्चल सचिवहरु १७ जना, जिल्ला अध्यक्षहरु ११० जना, निर्वाचन क्षेत्रबाट निर्वाचित २७६ जना, जनवर्गीय संगठनबाट ६०  जना, विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित महिलाहरु १६० जना र विभिन्न अन्य क्षेत्रबाट निर्वाचित र मनोनित गरी झन्डै नौ सय भन्दा बढी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पर्यवेक्षकहरुको समेत सहभागिता रहनेछ ।
प्रतिनिधि परिषद्को यो बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा परीक्षण आयोगको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन र आर्थिक विभागको प्रतिवेदनलगायत पार्टीको आन्तरिक जीवनका बारेमा बृहत् छलफल हुनेछ । वर्तमान समयमा नेकपा (एमाले)को आन्तरिक संगठनात्मक अवस्था कस्तो छ, पार्टीको संगठनात्मक क्षेत्रमा रहेका समस्याहरु के-के हुन् र तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि गम्भीररुपमा छलफल हुनेछ ।
संक्रमणकाल लम्बिरहेको र घोषित समयमा शान्ति प्रक्रिया पूरा हुन नसकी संविधानसमेत बन्न नसकेको वर्तमान अवस्थामा हुन गइरहेको नेकपा (एमाले)को यो राष्ट्रिय परिषद्को बैठकले राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । बैठकको समाचारलाई ठूला मिडियाले पनि राम्रो स्थान दिएका छन् ।
‘उग्रवामपन्थी विचारले समेत ग्रस्त एकीकृत नेकपा (माओवादी)को देशको वस्तुस्थितिसित मेल नखाने अधिनायकवादी चिन्तन, अराजक विचार र षड्यन्त्रकारी कार्यशैलीले एकातिर शान्ति प्रक्रिया अवरुद्ध भएको छ भने अर्कोतिर संविधान बनाउने काम ठप्पजस्तै भएर रोकिएको छ,’ एमालेले भनेको छ, ‘शान्ति प्रक्रिया पूरा गर्न जसरी माओवादी हिच्किचाइरहेको छ र नयाँ-नयाँ माग र शर्त अघि सारिरहेको छ, यसले अन्य दलहरुलाई झन् सशंकित बनाइरहेको छ । त्यसैले शान्ति प्रक्रिया पूरा गर्न र संविधान तोकिएको समयमै बनाउन माओवादी नेतृत्वलाई जिम्मेवार भएर अघि बढ्न नेकपा (एमाले) अनुरोध गर्दछ ।’
नेकपा (एमाले)ले संविधान बनाउने कार्यमा सबै राजनीतिक दलहरु जिम्मेवारढंगले अघि बढ्नुपर्छ भन्ने कुरामा जोड दिंदै नेपाली नेपाली कांगे्रसलाई पनि यथास्थितिभन्दा अघि बढेर लचिलो ढंगले प्रस्तुत हुन आग्रह गरेको छ । ‘नेकपा (एमाले) आफ्नो तर्फबाट शान्ति प्रक्रिया पूरा गरी संविधान बनाउने काम बाँकी अवधिमै पूरा गर्न प्रतिबद्ध छ । हाम्रो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले पनि यस कुरामा विशेष जोड दिनेछ,’ भनिएको छ ।
तपाईको प्रतिक्रिया