Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- होली नजिकिदै गर्दा महिलामाथि लोलाको वर्षा हुन थालेको छ ।
राजधानीमा एक्लै दुक्लै हिंड्ने महिलामाथि लोला हान्नेले हैरान पारेका छन् । लोला हान्न तम्तयार भएर बसेकाहरु होसियार, उपत्यकाको सहरमा सादा पोशाकका प्रहरी घुमिरहेका छन् र लोला हानेको देखे गिरफ्तार गरेर तिनले सार्वजानिक अपराध अन्तर्गत मुद्दा चलाउने छन् ।
काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रहरी होलीमा हुने विकृति रोक्न तयार भएर बसेको छ । विशेषगरी युवती लक्षित गरी लोला हान्नेहरुलाई प्रहरीले निगरानी गर्नेछ । सामान्य युवती ठानेर लोला हान्नेहरु प्रहरीको फन्दामा पर्न सक्नेछन् ।
होलीमा हुने विकृति रोक्न महानगरीय प्रहरी परिसर काठमाडौंले मातहतको बृत, प्रभाग र पोष्टलाई आफनो क्षेत्रका व्यापारी, बुद्धिजिवी, संघ संस्था, क्लवसँग सहकार्य गरी होलीलाई मर्यादित बनाउन निर्देशन दिएको छ ।
भक्तपुर र ललितपुरले स्थानीय तहमा सचेतना जगाउने काम  गरिरहेका छन् । तीनै वटा जिल्लाले विकृति रोक्न सादा पोशाकका प्रहरी परिचालन गरेकेा जनाएका छन् । समस्या परे प्रहरीलाई खबर गर्न पनि उनीहरुले सर्बसाधारणलाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया