Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई पछिल्लोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति सशंकित देखिएका छन् ।
रिपोर्टर्स क्लवको साक्षात्कारमा भट्टराईले पूर्व राजा ज्ञानेन्द्रले शान्ति र संविधान विथोल्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीले शान्ति प्रक्रिया अन्तिम समयमा पुग्न लागेको अवस्थामा पूर्वराजा क्रियाशिल हुन मुलुकको लागि राम्रो संकेत नभएको बताए ।
दरवारसहितका प्रतिगामीहरु प्रक्रिया विथोल्न लागेको भन्दै उनले पूर्व राजा ज्ञानेन्द्र षडयन्त्रको एउटा पात्र मात्र भएको बताए ।
प्रधानमन्त्रीले जनताले नागरिक भएर बस्न भनि दिएको भूमिका छडेर लोकतन्त्र खतरामा पर्‍यो जस्ता अभिव्यक्ति दिनु र राजधानीमा बम विष्फोट गराउनु शान्ति र संविधानको प्रक्रिया भाडेर मुलुकलाई द्वन्द्वमा धकेल्ने षडयन्त्र नै भएको दावी गर्दै लोकतन्त्रबादी र बामपन्थ शक्तिहरु एक जुट हुनु अपरिहार्य भएको बताए ।
प्रधानमन्त्रीले सेना समायोजनमा ब्रिगेडियर जनरल पाउनु पर्ने विषय माओवादीको बटम लाईन नभएको स्पष्ट पारे । प्रधानमन्त्रीले सेना समायोजन सात बुँदे सहमति अनुसार आगडि बढाउन आफूहरु तयार रहेको बताए ।
उनले भने- ‘आंशिक सत्यलाई बढाई चढाई दर्जाको कुरालाई प्रस्तुत गर्ने काम भएको छ । विग्रेडियर जनरल हाम्रो बटम लाईन होईन । यसकै कारणले शान्ति प्रक्रिया रोकिदैन ।’
तपाईको प्रतिक्रिया