Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कुनै पनि मुलुकमा चुनाव भयो भने पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने निर्णायक जमर्कोमा यतिबेला एमाले जुटेको छ। त्यसैको तयारीका सन्दर्भमा एमालेले आफ्नो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक भोलि राजधानीको खुला मञ्चमा उदघाटन गर्ने भएको छ। पार्टीको आन्तरिक एकता बलियो पारी निर्णायक शक्ति प्रदर्शनमा एमालेको सम्पूर्ण अंग यतिवेला परिचालित भएको छ। त्यसका लागि एमालेले राजधानी उपत्यकालगायत सम्पूर्ण मुलुकमा आफूलाई पुनर्व्यवस्थित गरिसकेको छ।

बैठक उदघाटन समारोहमा जनसहभागिता जुटाउन एमालेका केन्द्रीय पदाधिकारी र नेताहरु नै घरदैलो कार्यक्रममा जुटेका छन्। शीर्षस्थ नेताहरुको हातवाटै जनसभामा सहभागी हुने निम्तो कार्ड बाँड्ने काम एमालेले थालेपछि एमालेको विगतमा शिथिल भएको कार्यकर्ता र शुभेच्छुकहरुको पंक्ति पनि जागरुक हुन थालेको छ। खासगरी एमालेको आन्तरिक कमजोरीको फाइदा उठाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न सफल भएको उग्रवामपन्थी वितण्डा र उग्रवादले आफ्नो पकड जमाएको निष्कर्षमा एमाले नेताहरु पुगेपछि एमालेमा जागरणको सिलसिला आरम्भ भएको हो।

परिषद् बैठक उदघाटन सभामा दुई लाखभन्दा बढी नागरिकको सहभागिता हुने एमालेले आँकलन गरेको छ। जनसभालाई अघि हुने प्रदर्शनलाई उपत्यकाब्यापी बनाउन एमाले उपत्यका विशेष समन्वयन कमिटीले पनि त्यही अनुरुपको तयारी गरेको छ। केन्द्रीय तहका नेताहरु उपत्यकाका सबै निर्वाचन क्षेत्रमा घरदैलो निमन्त्रणामा सहभागी भएका छन्। तल्लो तहसम्म पार्टीका आन्तरिक समस्या सभाधान गर्ने, स्थानीय तहका अधिवेशन भेलाहरु सम्पन्न गर्ने र जनसम्बन्धलाई घनीभूत बनाउने पहिलो चरणको काम एमालेले सकेको छ। जनसभालाई भब्य बनाउन काठमाडौं उपत्यकामा मात्रै ५ लाख नागरिकहरुवीच निमन्त्रणा कार्ड लिएर एमाले नेताहरुले घरदैलो अभियान सकिसकेका छन्। ‘केन्द्रीय तहका नेताहरुले घरदैलो अभियान अन्तर्गत नै ५ लाख जनतासँग प्रत्यक्ष भेटघाट गरिसक्नुभएको छ’ केन्द्रीय सदस्य तथा उपत्यका संयोजक राजेन्द्र श्रेठले सोमवार आयोजित पत्रकार सम्मेलनमा वताए।

जनसभाको प्रचारकै क्रममा सबै निर्वाचन क्षेत्रमा सांस्कृतिक कार्यक्रम, मोटरसाइकल र्‍याली र पदयात्रा राखेको छ। भोलि किर्तिपुरमा क्षेत्र नं १० को सांस्कृतिक सभा हुनेछ भने क्षेत्र नं २ को सांस्कृतिक कार्यक्रम सोमवार थलीमा सम्पन्न भएको थियो। अन्य निर्वाचन क्षेत्रमा यसअघि नै सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भइसकेका छन्। आज उपत्यकाका तीनै शहरमा मोटराइकल र्‍याली आयोजना गरिएको छ। यसअघि शहरका विभिन्न टोलमा धिमे बाजासहित पदयात्रा गरिएको थियो।

राजधानीका परिषद् बैठकको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकालाई एमालेले पूरै सिंगारेको छ। यसै क्रममा राजधानीका विभिन्न नाकामा २५ वटा स्वागतद्वार बनाउने एमालेले जनाएको छ। फागुनको पहिलो र दोस्रो सातालाई पोष्टरिङ, स्वागतद्वार निर्माण र तुलब्यानर टाङ्ने कार्यक्रम राखेको थियो।

आइतवार राजधानीका सबै नाकावाट जुलुश प्रदर्शन हुनेछ। उदघाटन समारोह खुला मञ्चमा हुने भए पनि राजधानीका प्रमुख सडकमा मानवसागर कायमै रहनेगरी जनताको उपस्थिति हुने एमालेको अपेक्षा छ। उदघाटन समारोहलाई पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, विद्या भण्डारी, अशोक राई, र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नेछन्। परिषद् बैठकमा मुलुकभरवाट करिव ९ सय एमाले प्रतिनिधिहरु सहभागी हुनेछन्।

पार्टीको आन्तरिक एकताकै क्रममा तीन महिने संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान मंसिर देखि नै एमालेले सुरु गरेको थियो। परिषद् बैठकमार्फत अभियान समापन हुने एमालेले जनाएको छ। राष्ट्रिय प्रतिनिधि परिषद् महाधिवेशनपछिको एमालेको दोस्रो शक्तिशाली निकाय हो। कार्यसम्पादन सन्तोषजनक नभए केन्द्रीय कमिटीका एकतिहाइ सदस्यहरुलाई केन्द्रीय कमिटीवाट फिर्ता बोलाउनेसम्मको अधिकार परिषद्लाई छ। ***

तपाईको प्रतिक्रिया