Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओवामाले पिटर डब्लु बोड्डीलाई नेपालको नयाँ राजदूत प्रस्ताव गरेका छन् ।
स्कट एच डेलिसीलाई युगान्डा पठाउने निर्णयपछि ओवामाले पिटरको नाम प्रस्ताव गरेका हुन् । सिनेटले पारित गरेपछि उनी स्कट एच डेलिसीपछि अमेरिकाका लागि नेपालका राजदूत हुने नेपालस्थित राजदूतावासले जनाएको छ।
प्रस्तावित राजदूत बोडेइ असिस्टेन्ट चिफ अफ मिसनका रुपमा अफगानिस्तानमा कार्यरत छन्। यसअघि उनी मालावीका लागि अमेरिकी राजदूत तथा पाकिस्तानमा डेपुटी चिफ अफ मिसन पदमा कार्यरत थिए। मेरिल्यान्ड विश्‍वविद्यालयबाट स्नातक उनी सुरुमा अमेरिकी इन्टरनेसनल ट्रेड कमिसनबाट सरकारी सेवामा प्रवेश गरेका थिए।
बोड्डी नेपाली, जर्मन र बुल्गेरियन भाषाका जानकार पनि हुन्।
उनले यसअघि दुई पटक नेपालमा बसेर काम गरिसकेका छन्। सन् १९८२ देखि ८४ र १९९४ देखि ९७ सम्म नेपालस्थित दूतावासमा रही काम गरिसकेका छन्।
तपाईको प्रतिक्रिया