Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठामाडौं – हिसाबकिताब नबुझाएको भन्दै निर्वाचन आयोगले ११ वटा दल खारेज गरेको छ । ती दलहरु आयोगको सूचनालाई अटेर गरी सम्पर्कमा नआएपछि शुक्रबार खारेज गरिएको हो ।
पटक-पटकको ताकेतापछि पनि खारेजीमा परेका दलहरूमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जनएकता पार्टी, नेपाली राष्ट्रिय जनभावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी छन् । नेकपा (मालेमा केन्द्र) भने यसअघि एकीकृत नेकपा (माओवादी) सँग एकीकरण भइसकेको छ । आयोगले भने उक्त पार्टीलाई पनि खारेजीको सूचीमा राखेको छ ।
१८ वटा दलले तोकिएको समयमा आयव्यय नबुझाएपछि सातदिनभित्र सम्पर्कको लागि सूचना जारी गरेको थियो । त्यसमध्ये ७ वटा सम्पर्कमा आएपछि सय रुपैयाँको दरले जरिवाना गरिएको छ । ***

तपाईको प्रतिक्रिया