Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मुख्य तीन दलको बैठकमा शिर्ष नेताहरुले आफूले पाएको जिम्मेवारीअनुसार मौखिक प्रस्ताव प्रस्तुत गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले बरिष्ठ नेता माधव नेपालले मौखिक प्रस्ताव पेश गरेका हुन्। यसअघि शुक्रबारको बैठकले माओवादी अध्यक्ष दाहाललाई शान्ति प्रक्रिया, कांग्रेस सभापति कोइरालालाई सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता खोजविन आयोग गठन र एमाले बरिष्ठ नेता नेपाललाई संविधान लेखनका विवादित बिषयमा समाधानसहितको प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएको थियो।
शान्ति प्रक्रिया अगाडि नबढेसम्म संविधान लेखनको काम समेत रोकिने भएपछि सबै बिषय टुङ्ग्याउन नेताहरुले जिम्मेवारी बांडफांड गरेका हुन्। बैठकमा माओवादी नेताहरुले सात बुँदे सहमति अनुसार नै शान्ति प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। भोलि थप छलफल गरेर पर्सी शनिबार पुनः तीन दलको बैठक बस्ने बताइएको छ। ***

तपाईको प्रतिक्रिया