Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रवासिएका म्याग्दीबासीहरुको संस्था मोना हङकङ र मोना युकेद्वारा जिल्लामा २ वटा एम्बुलेन्स उपल्ब्ध गराएका छन ।

मोना हङकङ र मोना युकेले नेपाल रेडक्रस सोसाइटी म्याग्दीको दरबाङ, अर्थुङ्गे तथा दाना उपशाखालाई एकएकओटा एम्बुलेन्स प्रदान गरिएको थियो ।

दरबाङमा आयोजित उक्त एम्बुलेन्स हस्तान्तरण समारोहमा पुगेका एनआरएन अध्यक्ष जीवा लामिछानेले गैर आवासिय नेपालीहरु नेपालमा आएर जलविद्युतका क्षेत्रमा लगानी गर्न आतुर रहेको बताएका छन् ।

पश्चिम म्याग्दीको दरबाङमा मोना म्याग्दी, मोना हङकङ तथा पश्चिम म्याग्दी युवा क्लवले मिलेर आयोजना गरेको सांस्कृतिक सद्भाव तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि हुन आएका लामिछानेले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले नेपालमा जन्मिएर भारत र भुटान बाहेकका मुलुकमा बसोबास गर्ने नेपालीहरुको संख्या करिव तिस लाख रहेको भन्दै उनिहरु आफ्नो मुलुकमा फर्केर लगानी गर्न आतुर रहेको बताए ।

कार्यक्रममा म्याग्दीमा जन्मिएर बेलायत तथा हङकङमा व्यवसाय गर्दै आइरहेका म्याग्दीबासीहरुको संस्था मोना हङकङ तथा मोना युकेको संयुक्त सहयोगमा नेपाल रेडक्रस सोसाइटी म्याग्दीको दरबाङ, अर्थुङ्गे तथा दाना उपशाखालाई एकएकओटा एम्बुलेन्स प्रदान गरिएको थियो ।

दुगम भेगका सर्बसाधारणहरुलाई आपत परेका बेला सहज यातायातको सुविधा उपलव्ध गराउने उद्देश्यले हंगकंग र बेलायतमा बस्ने म्याग्देलीहरुले ५५ लाख रुपैयाँ सङ्कलन गरि तिनवटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

दरबाङमा आयोजना गरिएको सांस्कृतिक सदभावको समापनका अवसरमा एनअरएन अध्यक्ष जीवा लामिछाने, मोना युकेका अध्यक्ष योगकुमार फगामी र मोना हङ्कङका अध्यक्ष दलबहादुर गर्बुजाले एम्बुलेन्सको साँचो रेडक्रस म्याग्दीका अध्यक्ष मुक्ति रोकालाई हस्तान्तरण गरे ।

कार्यक्रममा मोना हङ्कङका अध्यक्ष दलबहादुर गर्बुजा, युकेका अध्यक्ष योगकुमार फगामी लगायतले बिदेशमा गरेको आम्दानीको केहि हिस्साले आफ्नो जन्मभूमिको सेवाका लागि लगानी गर्न पाउँदा आँफुहरु निकै गौरवान्वित भएको बताएका थिए । कार्यक्रममा जिल्लाका सभासद गोविन्द पौडेललगायतका ब्यक्तिहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया