Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले नेपालसँग फ़ेरि ‘फ्रि भिसा’ सम्झौता गर्ने भएको छ। मंगलबार सरकारी मुख्यालयमा सर्बियासँग फ्रि भिसा सम्झौता गरेपछि मकाउका प्रशासन तथा न्याय मन्त्रालयका अधिकारीले नेपाल र रुससँग पनि छिट्टै सम्झौता हुने जानकारी दिएका छन्।

‘मकाउले द्विपक्षीय भिसा सम्झौता गरेको सर्बिया ९४ औं देश हो, सम्भवतः तीन महिनाभित्रै नेपाल र रुस यो सूचीमा संलग्न हुनेछन्,’ मन्त्रालयका निर्देशक लाइलेङ किटलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले लेखेको छ।

सरकारले ठूलो मिहिनेतपछि अमेरिका तथा क्यानडासँग फ्रि भिसा सम्झौता गरेको जनाउँदै किटले मकाउका नागरिकको अन्तर्राष्ट्रिय सम्मान तथा पर्यटन वृद्धिका लागि यसो गर्नु आवश्यक भएको तर्क गरेका छन्।

चीनका लागि सर्बियाली राजदूतसँग भिसा सम्झौतामा हस्ताक्षर गरेपछि मकाउकी प्रशासन तथा न्यायमन्त्री फ्लोरिन्डा चाङले दुई देशबीच घनिष्ठ सम्बन्ध विकास गरी धेरै पर्यटक भित्र्याउन यस्तो कदम चालिएको बताइन्।

गैरकानुनी नेपाली कामदारको संख्या बढेको र उनीहरू लागूपदार्थको कारोबारमा समेत संलग्न भएको आरोप लगाउँदै १ जुलाई २०१० देखि मकाउले नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भियतनाम र नाइजेरियाका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द गरेको थियो। त्यसयता काठमाडौँस्थित चिनियाँ दूतावासबाट भिसा लिएर आउने नेपालीले मात्र मकाउमा प्रवेश पाउँथे।

 

फ्रि भिसा सम्झौता भएपछि एसियाकै ठूलो क्यासिनो बजार मकाउमा नेपालीलाई प्रवेश सहज हुनेछ। स्रोतका अनुसार फ्रि भिसा सम्झौता भ्रमणका लागि मात्र हुनेछ तर कामका लागि मकाउ आउन पनि यसले सहजीकरण भने गर्नेछ। मकाउमा करिब २ हजार ५ सय नेपाली कार्यरत छन्। ***

 

तपाईको प्रतिक्रिया