Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – सुन्दरी देखेपछि महादेव पनि लट्ठ भन्ने त उखानै छ । तर सुन्दरता चियाउने नाममा मान्छेले कतिसम्म हर्कत गर्न सक्दारहेछन् भन्ने कुरा अमेरिकाको एक एअरपोर्टमा यात्रुको खानतलासी गर्ने मान्छेहरूले देखाइदिएका छन् ।
टेक्सासको दलास एअरपोर्टमा चेकजाँच गर्ने अधिकारीहरूले एक सुन्दरी महिलालाई तीन पटकसम्म स्क्यान गरेका छन् । एलेन टेरेल नामकी ती महिलालाई एअरपोर्टका सेक्युरिटीले उनको नांगो शरीर हेर्ने लोभमा ३-३ पटक स्क्यानिङ गरेका छन् । आफ्नो शरीरलाई पटकपटक स्क्यान गरेर विमानस्थलका अधिकारीहरूले आफुमाथि यौन दुर्व्यवहार गरेको ती महिलाले गुनासो गरेकी छिन् ।

एअरपोर्टमा यात्रुको शरीर चेकजाँच गर्ने अत्याधुनिक स्क्यानरमा ती महिलाको शरीर विभिन्न कोणबाट स्क्यान गरेर उनको नाङ्गो शरीर हेर्ने लोभमा एअरपोर्ट अधिकारीहरूले त्यस्तो हरकत गरेको अरु यात्रुहरूले पनि गुनासो गरेका छन् । तर एअरपोर्ट अधिकारीहरूले भने त्यसरी स्क्यान गरिएका यात्रुका तस्वीर एकचोटि परिक्षण गरेपछि डिलिट गरिने र त्यसलाई सेभ गरेर अरु उद्देश्यका लागि नहेरिने जनाएका छन् । ***

तपाईको प्रतिक्रिया