Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – काठमाडौंको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय बाहिर शक्तिशाली बम पड्काएर तीन जनाको ज्यान लिने आतंककारीको फोटो प्रहरीले सार्वजनिक गरेको छ।

उक्त घटनाका दोषी ३५ बर्षिय देवराज लामाको फ़ोटो प्रहरीले सार्बजनिक गरेको हो । आफूलाई विश्वक्रान्ति भन्दै चिनाउने ५ फिट ३ इञ्च उचाई भएका लामाको घर धनकुटा नगरपालिका वडा नं.१, हिले बजारमा भएको पनि प्रहरीले पुष्टी गरेको छ ।

बम पड्काएको केही घण्टापछि मिडियाहरुमा फोन गर्दै मैले नै पड्काएको हुँ, अझै योभन्दा शक्तिशाली पनि पड्‌किन सक्छ भन्दै धम्क्याउने आतंककारी उनी आवद्ध हिंसात्मक समूहका विषयमा कुनै पनि जानकारी पाउनु हुने महानुभावहरुले सूचना दिई अनुसन्धान कार्यमा सहयोग गर्न प्रहरीले सर्वसाधारण सबैलाई अनुरोध पनि गरेको छ।जानकारी दिनका लागि सम्पर्क नम्बरहरु
मोबाईल ९८५१-२८०-०१७/ ९७४१-२२३-१००/९८५१-०२५-७९९/ ९८५१-०३४-३१३

 

तपाईको प्रतिक्रिया