Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नायिका युना उप्रेतीले आफ्नो बारेमा छापिएको समाचार सरासर गलत भएको भन्दै त्यसको खण्डन गरेकी छिन् । लामो समय पछि फेसबुक अकाउण्ट चलाएकी युनाले वालमा लेखेकी छिन् – ‘नेपाल लगायत अन्य देशबाट प्रकाशित पत्र-पत्रिकामा मेरो विषयमा बिभिन्न भ्रामक समाचार छापिएकोमा ती पत्र-पत्रिकामा प्रकाशित समाचारमा कुनै सत्यता नभएको जानकारी गराउंछु् र म हाल अमेरिकाको बिभिन्न शहरमा कार्यक्रमको सिलसिलामा ब्यस्त रहेको र कुनै पनि पत्रिकाले प्रत्यक्ष म संग संबाद नगरी समाचार प्रकाशन नगरी दिन हुन अनुरोध गर्दछु ।

नायिका युनाले नेपालका नायिकाहरु चलचित्रमा काम पाउनका लागि निर्माता निर्देशकको बेड तताउनुपर्छ भन्ने कुरा बताएको भन्दै केहि पत्रपत्रिकाले समाचार प्रकाशित गरेका थिए । सो समाचार आए लगत्तै नेपालका नायिकाहरु युना प्रति क्रुद्ध भएका थिए भने मिडिया पनि युना प्रति आश्चर्यचकितमा परेको थियो । तर युनाले आफूले सो कुरा नभनेको स्पष्ट पारेकी छिन् ।

बिभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका रहेकी युनाले आफ्नो मात्र नभई सम्पूर्ण चलचित्र उद्योगको समेत बेइज्जत भएकोले उनले यस्तो गलत समाचार सम्प्रेषण नगरिदिन मिडिया समक्ष अनुरोध पनि गरेकी छिन् । यस्तै युना अमेरिका लुक्दै छिन् भन्ने समाचार पनि पूर्ण नभएको युना निकट स्रोतले बताएको छ । यता अमेरिका पुगेको युनाको टोलीलाई अमेरिकी राजदुतावासले रिपोर्ट गरिदिएको छ । कलाकारुहरु लुक्ने सुरमा रहेको खबर पाए पछि दुतावासले रिपोर्ट गरेको बताईएको छ । ***

तपाईको प्रतिक्रिया