Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रमुख दुई विपक्षी दल कांग्रेस र एमालेले माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिको बैठक छिटो बोलाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

लामो समयदेखि बिशेष समितिको बैठक नबोलाएपछि विपक्षी दलहरुले प्रधानमन्त्री एवम् समितिका संयोजक प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र बुझाएका हुन् । समिति सदस्य तथा कांग्रेस नेता रामशरण महतले भने, ‘बिशेष समितिको बैठक २४ घण्टाभित्र बोलाउने आशयको पत्र बुझाएका छौं ।’ उनले एक-दुईभित्रै बैठक बोलाएर शान्ति प्रक्रिया अन्तर्गतका लडाकु समायोजनको काम अघि बढोस् भन्ने आफूहरुको माग रहेको बताए ।

प्रधानमन्त्री भट्टराईले बिशेष समितिको बैठक लामो समयदेखि नबोलाउँदा शान्ति प्रक्रिया सम्बन्धी महत्वपूर्ण काम हुन नसकेको महतको भनाई छ ।

पत्रमा कांग्रेसबाट समिति सदस्य महत र मिनेन्द्र रिजाल तथा एमालेबाट महासचिव ईश्वर पोखरेल र भीम रावलले हस्ताक्षर गरेका छन् । शान्ति प्रक्रिया र संविधानको काम सँगसँगै अघि बढाउने भनेपछि पछिल्लो समयमा दुबै प्रक्रिया अबरुद्ध भएको कांग्रेस र एमालेको आरोप छ ।

तपाईको प्रतिक्रिया