Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सत्तारुढ एकीकृत नेकपा माओवादीले बबरमहलमा तीन जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई हदै सम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

विष्फोटको घटनालाई माओवादीले सर्वसाधारणमाथि लक्षित आपराधिक एवम् आतंककारी क्रियाकलापको संज्ञा दिएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले आज विज्ञप्ती जारी गरेर दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् । बम विस्फोटको घटनालाई शान्ति र संविधान निर्माणलाई विथोल्ने कार्य भन्दै देशलाई संघीयतामा जान नदिने प्रतिगमनकारी तत्वहरुको प्रायोजित षड्यन्त्रमूलक क्रियाकलापको निरन्तरताकै अर्को कडीका रुपमा बिष्फोटनलाई लिएको प्रवक्ता शर्माले बताए ।

शान्ति र संविधानका कार्यहरु तीब्र रुपमा भइरहेको वर्तमान सन्दर्भमा यस्ता विस्फोटजन्य क्रियाकलापले देशमा पुनः हिंसा भड्काउने षड्यन्त्र कुनै अदृश्य कुनाबाट त भएको छैन भन्ने आशंका पैदा गराएको विज्ञप्तीमा उल्लेख छ । माओवादीले यस्ता क्रियाकलापका विरुद्ध अझ बढी चनाखो र सतर्क रहन सरकार र सम्पूर्ण जनसमुदायलाई आग्रह गरेको छ ।

बम विष्फोटन एउटा अतिवादी समूहले गराएको आरोप लगाएको माओवादीले दोषीलाई छिटो पक्राउ गर्न माग गरेको छ । माओवादीले मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाईतेको निःशुल्क उपचार गराउन पनि आग्रह गरेको छ । हिजो बबरमहलमा भएको बम विष्फोटनमा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया