Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – टोकियोस्थित नेपाली राजदूतावासले जापानमा रहेका नेपालीहरुको सँख्या, अवस्था, उमेर समुह र संलग्नतालगायतका आधारभूत जानकारीमुलक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।

जापानमा रहेका नेपालीहरुको अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि बिभिन्न संघ-संस्थाहरुले आ-आफ्नो सँस्थागत विवरणकासाथै सँस्थामा आबद्ध ब्यक्तिहरुको सँख्या, नाम उपलब्ध गराईदिन दूतावासले बिज्ञप्तीमार्फत अनुरोध गरेको हो । यसैगरी कुनै पनि सँस्थामा आबद्ध नभएका महानुभावहरुले पनि नाम, परिवार संख्या, पेशा र उमेरसहित आ-आफ्नो ब्यक्तिगत विवरण उपलब्ध गराउन बिज्ञप्तीमा अनुरोध गरिएको छ ।

स्मरणरहोस् जापानमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न आवश्यक रहेको आवाज बिभिन्न कोणबाट उठिरहेको भएपनि हालसम्म त्यसतर्फ कतैबाट पनि पहलकदमी हुन नसकेको सन्दर्भमा ढिलैभएपनि दूतावासले पहल गरेको छ । यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न यहाँका नेपाली संघसंस्थाहरुको सक्रिय सहकार्य हुनु आवश्यक छ । ***

तपाईको प्रतिक्रिया