Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – वाइसिएलमा गएका पूर्वलडाकुलाई पनि एमाओवादीले शिविरका लडाकुझैं सुविधा र हैसियत दिने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आइतबार बसेको पदाधिकारी बैठकले वाइसिएलमा रहेका लडाकुका माग सम्बोधन गर्ने निष्कर्ष निकाल्दै ‘सुविधा र हैसियत दिने’ निर्णय गरेको हो।

बैठकले वाइसिएलमा रहेका लडाकुलाई दिने सुविधा र हैसियतबारे गृहकार्य गरी समाधानको उपाय निकाल्ने जिम्मा स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द र पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई दिएको छ। चन्द उपाध्यक्ष मोहन वैद्य पक्षधर हुन् भने शर्मा अध्यक्ष दाहाल निकट।

चन्द र शर्मा रहेको दुई सदस्यीय कार्यदलले वाइसिएलमा रहेका लडाकुलाई दिइने आर्थिक प्याकेज र पार्टी संगठनमा दिइने जिम्मेवारीका विषयमा प्रस्ताव तयार पार्ने छ। पार्टीसचिव पोष्टबहादुर बोगटीले ‘प्रस्ताव तयार भएपछि स्थायी समितिमा छलफल गरी अन्तिम निर्णय लिने’ जानकारी दिए।

पदाधिकारी बैठकले शिविरभित्र रहेका लडाकुसँगै वाइसिएलमा रहेका लडाकुको पनि दर्जा मिलान गर्ने निर्णय लिएको छ। उनीहरूलाई पनि शिविरमा रहेका लडाकुझैं पार्टी कमिटीमा बढुवा गरिने भएको छ। यसअघि माओवादीले शिविरमा रहेका लडाकुको बढुवा गरेको थियो। वाइसिएलमा रहेका लडाकुलाई सम्मानपत्र दिने निर्णय पनि पदाधिकारी बैठकको छ। बैठकले फागुन १८ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि लिएको छ। ***

तपाईको प्रतिक्रिया