Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पत्रकारहरुको अन्तरराष्ट्रिय मिसन टोलीद्वारा हालै आयोजित छलफल कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारीहरु हरेक समस्यालाई आ-आफ्ना पार्टीको निर्देशनअनुरुप हल गर्न उद्यत रहेकाले सञ्चारकर्मी असुरक्षित हुँदै गएको पनि बताइएको छ ।

नेपाल पत्रकार महासंघमा राजनीतिक कार्यकर्ताको वर्चश्व भएकाले महासंघ पत्रकारको हकहित संरक्षण गर्नबाट विमुख भएको धारणा व्यक्त गरिएको छ । आपराधिक समूहले समाचार प्रकाशन गर्नमा मनोवैज्ञानिक त्रास सिर्जना गराएको र सञ्चारगृहले सरकारद्वारा निर्धारित पारिश्रमिकसम्बन्धी ऐन नमानेका कारण पत्रकारको मनोबल दिन प्रतिदिन खस्कँदै गएको समेत सहभागीले औँल्याए ।

पत्रकार उमा सिंह र सञ्चारउद्यमी अरुण सिंघानिया हत्यासम्बन्धी तथ्य अहिले पनि स्पष्टरुपमा नआउनु विडम्बना हो भन्दै सहभागीले मनोवैज्ञानिक त्रासका कारण निर्धक्क भएर समाचार दिन नसकेको बताए ।

धनुषा, सिरहा, सप्तरी, बारा, पर्साका सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा मधेसका समाचारलाई काठमाडौँबाट प्रकाशित हुने पत्रिकाले नकारात्मक रुपमा टिप्पणी गर्ने गरेको पनि सहभागीहरुले बताए ।

मिसन टोलीमा अमेरिकी संस्था कम्युनिटी टु प्रोटेक्ट जर्नालिस्टकी प्रतिनिधि एलिजावेथ निचेल, पत्रकारको विश्वव्यापी मातृ सङ्गठन अन्तर्राष्ट्रिय पत्रकार महासंका प्रतिनिधि गीता शिशु तथा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष शीतल साह तथा केन्द्रीय सदस्य प्रताप विष्ट छन् । ***

तपाईको प्रतिक्रिया