Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

आबुधावी । “सिम सिम पानी पछ्यौरी भिजायो, फेरि उनकै मायाले बिजायो,, चिसो चिसो हावा सरर.. यो मायाको रुमाल फरर… बोलको गीत गाउँदै स्टेजमा मात्र के पुगेकी थिईन् तालीको गडगडाहटले हल गुञ्जायमान बन्यो । किन कि आफ्नै प्रिय कलाकार मुना थापाको उपस्थितिका लागि उनका प्रशंसकहरु ब्यग्र प्रतिक्षामा रहेका थिए । त्यसपछि उनले आफ्नो बहुचर्चित लोकदोहोरी भाका “तिते करेलीले” जस्ता लोकप्रिय गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई जुरुक्क जुरुक्क उचालिन् र उनीहरुको मन जित्नम सफल भईन् ।

लगत्तै “मैले त केही भनेको नै थिईन, तिमी बिना बाँच्दिन भन्थ्यौ नि बोल्दैनौ किन,, बोलको गीत गाउँदै अर्का चर्चित गायक दीपसागर थापा रंगमञ्चमा प्रस्तुत भए । नेपाल टेलिभिजनमा घम्साघम्सी कार्यक्रकका प्रस्तोतासमेत रहेका लोकगायक थापाले आफ्नो साँगीतिक खुराकद्वारा माहौललाई गरमागर्मी बनाए ।

३० औं मगर दिवसको उपलक्ष्यमा आबुधावीमा आयोजित साँगीतिक कार्यक्रमलाई धमाकेदार बनाउन कलाकारद्वय यहाँ आएका हुन् ।

मगरहरुको पोशाकमा सजिएका दाजुभाई तथा दिदीबहिनीहरु आफ्नै पूख्र्यौली भेषभूषासंगै “झोर्ले” यानी कि नमस्ते गर्दै एकआपसमा अभिबादन साटासाट गरिरहेको दृश्य साँच्चिकै हेर्नलायकको थियो, गत शुक्रबार अबुधावीस्थित केरला सोसियल सेन्टरमा मगर संघ युएईद्वारा आयोजित ३० औं मगर दिवस कार्यक्रम ।

मगर संघ युएईको अध्यक्ष नुनप्रसाद सोमै मगरको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारी, अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । दुइ चरणमा विभाजित गरी सञ्चालन गरिएको कार्यक्रमलाई पहिलो तथा औपचारिक कार्यक्रम भरत रानाले गर्नुभएको थियो भने दोश्रो र साँस्कृतिक कार्यक्रमलाई धनेन्द्र मास्की रानाले सञ्चालन गर्नुभएको थियो ।

“अभिवादन गर्छौ यहाँहरुलाई फुल जस्तै कोमल मुटुले जीवन भरिलाई…,, बोलको स्वागत गीतबाट थालनी भएको कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न मगर सँस्कृतिका करुवा, झ्याउरे, सालैजो र सोराठी जस्ता नाचले आफ्नो मौलिकतालाई कायम राख्दै नयाँ पिढीलाई सन्देश पनि दिएको थियो । आधुनिक जीवन शैलीसंगै लोप हुंदै गएको सँस्कृतिलाई उत्थान गर्नमा मगर संघ युएईले यस प्रकारको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।

अध्यक्ष नुनप्रसाद सोमै मगरको शुभकामना मन्तव्यसंगै कार्यवाहक राजदूत दीपक अधिकारीले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तैगरी नेपाली समाज यएईका अध्यक्ष कृष्ण ढकाल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्यहरु राखेका थिए ।

सोही अवसरमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले नेपालमा बाढिपीडित तथा भूकम्पमा परेका परिवारजनका लागि ने.रु. २५,००० को दरले ११,९० दिराम कार्यवाहक राजदूत अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया