Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बर्दिया – बिहे सकेर बेहुली पुर्‍याउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा बेहुलीसहित ४ को मृत्यु भएको छ ।

वर्दियाका एसपी रामकृपाल साहका अनुसार वर्दिया राष्ट्रिय निकुञ्जको खहरे खोलामा ट्याक्टर पल्टिँदा २० वर्षीया बेहुली पुष्पा चौधरी, १६ वर्षीया करिश्‍मा चौधरी र १३ वर्षीय सुष्मा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी उपचारका क्रममा २२ वर्षीया निर्मला चौधरीको मृत्यु भएको छ ।

थारु संस्कारअनुसार बिहे गरेर बेहुलीलाई बेहुलाको घरसम्म पुर्‍याउन गएको ट्याक्टर हिजो राति दुर्घटनामा परेको थियो । बेहुला र बेहुली बेग्लाबेग्लै गाडीमा थिए । दुर्घटनामा घाइते भएका अन्य १५ को भने कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया