Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेलमा र मट्टितेलमा ४/४ रुपियाँ बढाएको हो । हवाई इन्धनको मूल्यसमेत बढाइएको छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलको ८५ तथा हवाई इन्धनको १ सय ९ रुपैयाँ पुगेको छ । घाटा कम गर्न तथा सहज आपूर्तिका लागि मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

यसअघि माघ ४ गते खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । उक्त वृद्धिको बिरोधमा विद्यार्थी संगठनहरुले सडक तताएपछि माघ १२ गते प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैयाँले घटाइएको थियो । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया