Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल हाउस कार्यदलको आयोजनामा बेल्जियमको लुभेन सहरमा बेल्जियममा रहेका नेपाली संघसंस्था तथा बेल्जियमबासी नेपालीहरूको वृहत भेलाले बेल्जियममा नेपाल हाउस निर्माणको लागि एनआरएनए बेल्जियमकी अध्यक्ष्य जानकी गुरुङको अध्यक्ष्यतामा एक नेपाल हाउस निर्माण परिषद गठन गरेको छ ।

कार्यदलकी संयोजक तथा एनआरएनए बेल्जियमकी अध्यक्ष्य जानकी गुरुङको अध्यक्ष्यतामा सम्पन्न सो वृहत भेलामा एनआरएनए बेल्जियमका पदाधिकारीहरु, एनआरएन आइसीसी सदस्यहरु रबिन्द्रमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, पिजी शेर्पा, एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युबराज गुरुङ, नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण खतिवडा, कार्यबाहक अध्यक्ष अर्जुनकुमार गुरुङ, महासचिब गोपाल सिंखडा, जनप्रगतिशिल मञ्च बेल्जियमका निबर्तमान अध्यक्ष्य तथा सल्ल्लाहकार बिष्णु भुजेल, उपाध्य जितबहादुर लामा, महासचिब प्रेम पाठक, जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष प्रेम गुरुङ, महासचिव सुबास जोशी, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष हरी कुमार थपालिया, युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ, युरोनेपाल खेलकुद संघ बेल्जियमका अध्यक्ष किसन केसी, जयतु संस्कृतम बेल्जियमका अध्यक्ष राधाकृष्ण अधिकारी, महासचिब दिपकज्योति पौडेल, सांग्रिला समाज बेल्जियमका अध्यक्ष यमु निरौला, जनजाति सरोकार मन्च बेल्जियमका अध्यक्ष्य रामबहादुर गुरुङ , नेपाली लोकतान्त्रिक गणतान्त्रिक मञ्च बेल्जियमका अध्यक्ष कृष्ण तिवारी, ब्रुसेल्स नेपालमिलन केन्द्रका अध्यक्ष उत्तम गौतम, ब्रुस्सेल्स नेपाल डट कमका सम्पादक पुरुषोत्तम सुबेदी, लगायत पत्रकारको समेत उपस्थिति रहेको थियो ।

गत बर्ष एनआरएन बेल्जियमका अध्यक्ष पि जि शेर्पाको संयोजकत्व तथा आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको सह-संयोजकत्वमा नेपाल हाउस प्रकृया धेरै अघि बढेको थियो । ततपश्चात जयतु संस्कृतमको संयोजकत्वमा एनआरएन लगायत बेल्जियमस्थित सम्पूर्ण नेपाली संघ संस्थाको संयुक्त आयोजनामा ४ दिने महायज्ञ आयोजना गरी करिब ७ लाख ५० हजार युरो मुल धन संकलन गरिएको थियो ।

नेपाल हाउस सम्बन्धी आबश्यक नीति तर्जुमा गर्न, बेल्जियमबासी आम नेपाली समुदायको ब्यापक सहभागिता गराउन र परियोजना कार्यन्वयन गराउन अधिकार सम्पन्न कार्यकारी संरचना निर्माणको प्रकृया पुरा गर्न आयोजित भेलामा संयोजक जानकी गुरुङले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा गहन छलफल गरी बिभिन्न सुझाबसहित यसको नाम, संरचना र पद्धतिको बिषयमा पारित भएको थियो ।

जयतु संस्कृतम बेल्जियमको तर्फबाट संस्थाका महासचिब दिपक ज्योति पौडेलले प्रस्तुत गर्नुभएको प्रतिबेदन तथा भेलामा उपस्थित संघसंस्थाका प्रतिनिधिहरु तथा ब्यक्तित्वहरुको छलफलबाट पारित निष्कर्षले सबैको भावनालाई प्रतिबेदनमा समेटने निर्णय गरिएको थियो ।

यद्दपि नामको बिषयमा केही फरक मत आए पनि नेपाल हाउस नाममा तत्काललाई सहमति जनाइ आगामी बैठकमा थप छलफल गर्दै जाने जयतु संस्क्रितमको प्रस्ताबलाई सबैले स्विकार्दै नेपाल हाउस परिषद गठन गरिएको हो ।

धेरै पहिलेदेखि एनआरएनहरुबीच निकै चर्चा पाउने गरेको नेपाल हाउसको बिषयले अहिले बेल्जियममा महत्व पाएको छ, चर्चामै सीमित हुँदै सेलाएर जाने हो कि काम पनि गरेर देखाउने हुन् त्यो भने हेर्न बाँकी छ ।

उसो त जापानका एनआरएनहरुले पनि नेपाल हाउसको अवधारणा निकै उच्च महत्वकासाथ उठाउँदै आएको भएपनि त्यो बिषय वर्तमान एनआरएन पुस्ताको प्राथमिकतामा नपरेको देखिन्छ । बिषयको उठान मात्र गर्ने अनि कार्यान्वयन पक्ष फितलो भईरहेको बिगतको कमी-कमजोरीबाट पाठ सिक्दै एनआरएन अभियान्ताहरुले अब साख जोगाउने बेला आएको सर्बत्र महसुस गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया