Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – शान्ति र संबिधानको मिति नजिकिदैं जाँदा प्रमुख तीन दलबीच जिम्मेवारी बाँडफाँड गरी समस्यालाई निकास दिने आजको शिर्षस्थ बैठकमा सहमति भएको छ । सहमतिअनुसार पछिल्ला चरणमा थप पेचिलो बन्दै गएको शान्ति र संबिधानका बिषयका गाँठाहरु फुकाउन प्रमुख तीन दलका शिर्षस्थ नेता प्रमासु (प्रचण्ड, माधव र सुशील) लाई जिम्मा दिईएको हो ।

कामभन्दा कुरा धेरै गर्ने र एकपछि अर्को सहमति गर्ने तर पालना नगर्ने आरोप लाग्दै आएका तीन प्रमुख दलका शिर्षस्थ नेताहरुको एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा शुक्रबार बिहान भएको बैठकमा शान्ति र संविधानलगायतका विषयमा आउँदो हप्तासम्म महत्वपूर्ण सहमति निस्कने गरी निकास खोज्ने जिम्मा प्रमुख तीन दलका नेताहरुलाई दिइएको हो ।

माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष एवम प्रधानमन्त्री डा बाबुराम भट्टराई, काँग्रेस सभापति सुशील कोइराला र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी हुनुभएको सो बैठकले सेना समायोजन र शान्ति प्रक्रियासँग सम्बन्धित कामहरुमा आवश्यक गृहकार्य गर्ने जिम्मा खोज्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिईएको छ भने बैठकले संविधान लेखनका विषयहरुमा रहेका जटिलता केलाएर समाधानका उपाय खोज्ने जिम्मेवारी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दिईएको छ । यसैगरी काँग्रेस सभापति कोइरालालाई सत्य निरुपण आयोगलगायत अन्य विषयहरुको जिम्मेवारी दिईएको छ ।

शिर्षस्थ नेताहरुले राजनीतिक निकास खोज्न ब्यापक रुपमा गृहकार्य गरी शनिवार फेरि बैठक बस्ने भएका छन् । ***

 

तपाईको प्रतिक्रिया