Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

 

टोकियो – गत एक महिना अघि ४ जना जापानीको समुहद्वारा ओसाकामा हत्या गरिएका स्व. बिष्णु धमलाको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गर्न उनी बसोबास गर्दै आएको शहरका स्थानिय जापानी समुदायले पूजापाठको आयोजना गर्ने भएका छन् । स्थानिय समुदायले हाल उनका परिवारलाई सान्त्वना दिने खालका पत्रहरु तथा आर्थिक सहयोग पनि संकलन गरिरहेको बुझिएको छ ।

स्थानिय जापानीहरुको पहलमा आज २५ तारिखका दिन ओसाकाको चुओ वार्डमा रहेको होजेन्देरा मन्दिरमा जापानी लामाहरुद्वारा पूजापाठ गरिन लागेको कुरा योमिउरी पत्रिकाले जनाएको छ । अपराधीहरुले मृत्यु हुने गरि कुटपिट गर्दा पनि एक पटक हात नफर्काउने धमलाप्रति जापानीहरुको तर्फबाट माफी माग्नको लागि र स्व. धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सो पूजापाठ गर्न लागिएको आयोजकहरुले बताएका छन् । स्व. धमलाको हत्या गरिएको घटनास्थल रहेको आबेनो वार्डको माचुजाकीको स्थानिय समुहका प्रमुख समेत रहेका योसिफुमी तानिगावाको अग्रसरतामा ६८ जना भन्दा बढी जापानीहरुबाट गत बुधबार सम्ममा ५ लाख (५० मान) जापानी येन बराबरको आर्थिक सहयोग पनि जम्मा गरिएको जनाइएको छ । यसरी जापानीहरुकै दृष्टिकोणमा पनि अति नै निर्दोष मानिएको यस हत्याकाण्डले अधिकांश जापानीहरुले पनि धमलाको दुखद हत्याप्रति गहिरो शोक ब्यक्त गर्दै बिभिन्न प्रतिक्रियाहरु दिएको योमियुरी पत्रिकाले जनाएको छ । ***

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया