Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपालका लागि नव नियूक्त देशिय निर्देशक जोश अशालिनोले आज महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो ।

सो अवसरमा अध्यक्ष वैद्यले देशिय निर्देशक जोशको स्वागत गर्नुहदैं नेपालको विद्यमान स्थिति, रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध र सामाजिक आर्थिक विकासमा रहेका चुनौतीका वारे विस्तृत जानकारी गराउनुभयो । साथै महासंघका अध्यक्ष वैद्यले श्रम कानुन निर्माण, श्रम सम्बन्ध सुधार र नेपालको सामाजिक आर्थिक विकासमा अन्तरराष्ट्रिय श्रम संगठनको भूमिकाका विषयमा स्पष्ट पार्दै नेपालका लागि आईएलओ जस्ता सस्थाको सहयोगको आवश्यकतामा जोड दिनुभयो ।

उक्त अवसरमा अन्तरराष्ट्रिय श्रम संगठनका देशिय निर्देशक जोशले आफु सबै पक्षको भावनालाई ध्यानमा राखी नेपालको सामाजिक आर्थिक विकास तथा श्रम सम्बन्ध सुधारको क्षेत्रमा नया“ आयाम थप्नका लागि प्रयत्नशील रहने बताउनुभयो ।

साथै उहांले नेपालमा आफुले पहिलो पटक काम गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै यस क्रममा रोजगारदाताहरुको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, आधिकारिक ट्रेड यूनियनहरु, नेपाल सरकार लगायत श्रमिक नेतृत्वहरुसंग समेत प्रत्यक्ष सम्पर्कमा रहेर नेपालको श्रम सम्बन्धलाई सुमधुर पार्ने र नीतिगत एवं कानुनी संरचना निर्माणमा पनि सशक्त भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो ।***

तपाईको प्रतिक्रिया