Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको छैठौं बैठक तथा महासंघको थाइल्याण्डको साताव्यापी व्यावसायिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको समाचार छ । भ्रमण महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा भएको थियो । थाइल्याण्डको आर्थिक उन्नति, बजारखोजी, सम्भाव्य लगानी आकर्षा तथा एक गाउँ एक उत्पादनको अवलोकन गर्ने उद्देश्यका साथ थाइल्याण्ड सरकारको नेपालस्थित थाई राजदूतावासको पहलमा सो भ्रमण सम्पन्न भएको थियो । भ्रमणदलका सदस्यहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा र पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरु गरी ७० जना सहभागी हुनुहुन्थ्यो ।

कार्यकारिणी समितिको बैठकबाट महासंघको साधारण सभा आगामी चैत्रमा काठमाडौंमा विशेष कार्यक्रमका साथ गर्ने निर्णयसमेत भयो । यसका लागि महासंघका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन समेत गरिएको छ । त्यसैगरि बैठकबाट महासंघको थाइल्याण्ड भ्रमणमा सहयोग गर्ने थाई सरकार तथा नेपालस्थित थाई राजदूतावासलाई विशेष धन्यवाद समेत पारित गरियो ।

थाइल्याण्ड भ्रमणमा रह“दा महासंघको प्रतिनिधिमण्डलले महत्वपूर्ण भेटघाट एवं छलफल गर्नुका साथै एक गाउं एक उत्पादनकार्यक्रमको अवलोकन अत्यन्त उपलव्धीमुलक भएको छ । नेपालमा एक गाउं एक उत्पादन कार्यक्रम लागू भएका जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी एवं व्यवसायीहरुको सहभागिता रहेको सो भ्रमणका क्रममा त्यहांको एक गाउं एक उत्पादन लागू भएका क्षेत्रहरुको अध्ययन तथा अनुभव आदान प्रदानबाट त्यहांको सफलता हाम्रो सन्दर्भमा लागू गर्न निकै उपयोगी भएको छ । महासंघको कार्यकारिणी समितिको बैठकले भ्रमण अत्यन्त उपलव्धीमुलक भएको निष्कर्ष निकाल्दै भ्रमणका क्रममा भएका वार्ता, छलफल तथा सहकार्यका प्रतिवद्धतालाई छिट्टै कार्यरुप दिने प्रतिवद्धता जनाएको छ ।

थाइल्याण्डका उपप्रधान एवं पर्यटन र खेलकूद मन्त्री कम्पोल सिलाचा-आचा तथा परराष्ट्र मन्त्री डा. सुरापोङ्ग तोभिछाछाइकुलसंग भएको शिष्टाचार भेटमा महासघका तर्फबाट महासंघको सिफारिशमा नेपाली व्यवसायीलाई पांच वर्षको मल्टीपल भिसा दिन आग्रह गरियो । त्यसैगरि लुम्बिनीको विकासमा थाइ लगानी विस्तार, भैरहवामा अन्तरराष्ट्रिय हवाई पूर्वाधार निर्माण तथा उडान सञ्चालमा समेत गम्भिर वार्ता भयो । आर्थिक उदियमान दुइठूला अर्थतन्त्र भएका राष्ट्रहरु भारत र चीनको बीचमा रहेको नेपाललाई अन्तराष्ट्रिय लगानी यतिखेर अपरिहार्य भएकाले नेपालमा थाई लगानीका लागि आग्रह गरियो । सो अवसरमा थाइ मन्त्रीहरुबाट महासंघको प्रतिनिधिमण्डलबाट राखिएका सुझावहरुलाई सकारात्मक रुपमा लिंदै त्यस सम्बन्धमा सम्बन्धित निकायहरु समन्वय गरी ठोस सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

थाइ उद्योग महासंघका पदाधिकारी एवं थाई उद्योगी व्यवसायीसंग भएको द्विपक्षीय व्यावसायिक भेटवार्तामा महासंघका अध्यक्ष एवं टोली नेता सुरज वैद्यले थाइ उद्यमी व्यवसायीहरुलाई सम्वोधन गर्नुहुंदै नेपालमा पूर्वाधार, पर्यटन, कृषि, सेवा र खानीजन्य उद्योगहरुमा लगानीका लागि सहयोग गर्न आग्रह गर्नुभयो । नेपालले सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा मनाउन लागेको, प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको गठन भएको, तथा बुट प्रणाली अन्तरगत पूर्वाधार विकासमा वाह्य लगानी बढाउन सकिने हुंदा पूर्वाधार विकास, पर्यटन आदिमा लगानी गर्न तथा नेपालमा थाइ लगानीबाट वस्तु उत्पादन गरी चीन तथा भारत निर्यात गर्न सकिएमा लगानीकर्ताले ठूलो लाभ लिन सक्ने विश्वास समेत दिलाउनु भयो । ***

 

तपाईको प्रतिक्रिया