Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालकै प्रशिद्ध तिर्थस्थलका रुपमा परिचित मुक्तिनाथ, दामोदरकुण्डको प्रवेशद्धार तथा पश्चिम क्षेत्रको पशुपतिनाथले समेत भनिने गलेश्वर शिवालय क्षेत्रको विकासका लागि शिवालय क्षेत्रविकास समितिले फागुन २ गते देखि सुरु गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा एक करोड ४५ लाख आर्थिक संकलन भएको छ ।

हजारौ धार्मिक तिर्थालु र सयौ सहयोगदाता भित्राउँदै उक्त सप्ताहब्यापी ज्ञानमहायज्ञ सम्पन्न भएको म्याग्दी बेनीबजारबाट हाम्रा सहकर्मी महेन्द्र बानियाले बताए ।

विगत लामो समयदेखि गलेश्वर क्षेत्रमा बृद्धाश्रम, अन्नक्षेत्र सञ्चालन तथा सत्संग भवन समेत निर्माणको तयारीमा रहेको क्षेत्रविकास कोषले यज्ञबाट उठेको रकमबाट गलेश्वर क्षेत्रको गुरुयोजना अघि सारेर गरिएको महायज्ञमा लक्ष्य अनुसारकै सहयोग प्राप्त भएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

अहिले आयोजना गरेको महायज्ञको प्रमुख उद्देश्य मन्दिर परिषरमा बहुउद्देश्यिय सत्संग भवन निर्माण भएकाले आगामी दिनमा समेत यसका लागि सहयोग संकलनको कार्यक्रम निरन्तर रहने समेत आयोजकले जनाएको छ । त्यसका अलावा बृद्धाश्रमको विस्तार, मन्दिर आसपासमा रहेका धर्मशालाहरु थप, संस्कृत बिद्याश्रमको पुनःसञ्चालन, लगायत रहेका छन् । त्यस्तै गलेश्वर, मक्तिनाथ, कालिका लगायत धौलागिरि अञ्चलका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गरिनेत समेत लक्ष्य रहेको छ ।

महाशिवरात्री पर्वको अवसरमा आयोजना गरिएको महायज्ञमा करिव एक करोड पचास लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएकोमा त्यसलाई पुरा गर्न स्वदेश तथा विदेशबाट समेत सहयोग प्राप्त भएकोमा आयोजकले सम्पूर्ण सहयोगदाता, सहयोगी, सञ्चार क्षेत्र, समाजिक संघसंस्था, प्रहरी प्रति आभार प्रकट गरेको छ ।

यज्ञ आयोजना गर्नु पूर्व करिव नौ लाखको लागतमा पुजारी आवास निर्माण, चार लाखको लागतमा मन्दिरबाट जडभरत गुफासम्मको पैदलमार्ग निर्माण, दुइ लाखको लागतमा पितृ तर्पणस्थल निर्माण, तिन लाखको लागतमा फुलप्रसाद राख्ने स्थान लगायतका पुर्वाधारहरु निर्माण भइसकेका छन् । करिव ९ रोपनी क्षेत्रमा फैलिएको क्षेत्रमा विशाल चट्टानमाथि अवस्थित गलेश्वरमा रहेका १०८ शिवलिङ्ग, वराहकुण्ड,लक्ष्मीनारायण, राजा जड्भरत,राजर्षि रहुगंगा गलेश्वरबावाको साधना तपोभूमिका साथै देवीदेवताहरुको बसोबास रहेको धार्मिक विश्वासका कारण पनि दर्शनका लागि देशका विभिन्न क्षेत्रबाट आउने गरेका छन् महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएकाले विगतबाट बर्षो तुलनमा भक्तजनको ठुलो भिड लागेको थियो ।

सप्ताहव्यापी महायज्ञमा भास्कर युवा पण्डित कमलनयन गौतम लगायतका पण्डितहरुले वाचन गरेका थिए । गलेश्वरको विकासका लागि करिव दुइ अर्वको महत्वकाक्षी गुरूयोजना बनाइएको छ ।***

तपाईको प्रतिक्रिया