Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ ।

पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाशप्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने भएको छ ।

सर्वोच्च अदालत स्रोतकाअनुसार छिटै पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, गोबिन्दराज जोशी, पूर्व प्रहरी प्रमुखहरु मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल लगायतको फैसलाको तयारी हुँदैछ । २०५९ सालपछि मुद्दा परेका उनीहरुलाई प्रमाण नपुगेको भन्दै विशेष अदालतले गुप्तालाई जस्तै सफाई दिएको थियो ।

गुप्ताकै मुद्दामा जस्तै भ्रष्टाचार गरेको रकममा बढि मूल्याड्कन गर्नुका साथै म्याद गुज्रेको भन्दै उनीहरुलाई बिशेष अदालतले सफाई दिएको थियो । गुप्तालाई मात्रै हैन, गुप्ताको बिषयमा फैसला गर्ने न्यायाधीशलाई पनि कारवाही गर्न निर्देशन भएकाले त्यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अदालतले गुप्ताकै जस्तो फैसला गर्ने सम्भावना बढि छ । ***

तपाईको प्रतिक्रिया