Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को अध्यक्षमा डा. बाबुराम पोखरेल निर्वाचित हुनुभएको छ।

६ र ७ गते सम्पन्न एघारौं महाधिवेसनले उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। निर्वाचनमा उहाँ प्रतिद्वन्द्वी भोजबहादुर शाहभन्दा १ सय ९८ मत बढी ल्याएर अध्यक्षमा निर्वाचत हुनुभएको छ। डा. पोखरेलले ७ सय २५ मत ल्याउनुभएको थियो भने शाहले ५ सय २७ मत ल्याउनुभएको थियो।

प्याब्सनका वरिष्ठ सल्लाहकार रहनुभएका पोखरेल दुई दशकदेखि प्याब्सनको संस्थागत विकासमा अविरलरुपमा लागिरहनुभएको छ। ५१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्यबहादुर केसी ६ सय २ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी निवर्तमान महासचिव विजय सम्बाहाम्फेले ४ सय ६५ मत प्राप्त गर्नुभएको थियो।

पूर्वान्चल उपाध्यक्षमा टीका पुरी मध्यमान्चलबाट सतिश ढकाल पश्चिमान्चलबाट बाबुराम पौडेल मध्यपश्चिमबाट सागर भुसाल र सुदूरपश्चिमबाट हिरा चन्द निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा सानु अमात्य निर्वाचित हुनुभएको छ। ***

तपाईको प्रतिक्रिया