Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार २०६८ का १० महिनामा नयाँ र पुराना घरजग्गा व्यवसाय गर्ने कम्पनीले १ हजार ६ सय १० नयाँ अपार्टमेन्ट र हाउजिङ बनाउन स्वीकृति लिएका छन् । २०६७ मा ९ सय ७० नयाँ अपार्टमेन्ट तथा हाउजिङ बनाउन स्वीकृति लिइएको थियो । यो तीन वर्षयताकै बढी हो । गत माघमा मात्रै दुई नयाँ कम्पनीले घरजग्गा व्यवसाय गर्ने स्वीकृति लिएका छन् । व्यवसायीले यसलाई घरजग्गा व्यवसायको सुधार मानेका छन् ।

“नयाँ–नयाँ परियोजना आउने क्रम सुरु हुनु घरजग्गा कारोबारमा सुधारको संकेत हो,” नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले भने, “पछिल्ला महिनादेखि यो क्षेत्रमा केही सुधार भएका छन् ।”

दुई वर्षअघि राष्ट्र बैंकले वाणिज्य बैंक र अन्य वित्तीय संस्थालाई घरजग्गा व्यवसायमा निश्चित सीमाभन्दा बढी लगानी नगर्न सचेत गराएपछि यो क्षेत्रमा लगानी रोकिएको थियो । त्यससँगै घरजग्गा कारोबार ठप्प भएको थियो भने मूल्य बढ्ने क्रम रोकिएको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागले पनि नयाँ परियोजना आउने क्रम सुरु भएकाले यस क्षेत्रमा सुधारका संकेत देखिएको जनाएको छ । पुराना कम्पनीले नयाँ परियोजना थप्दै जाने क्रम सुरु हुनु आम घरजग्गा व्यवसायीका लागि उत्साहजनक भएको घरजग्गा व्यवसायी बताउँछन् ।

“व्यवसायीमा घरजग्गा होल्ड गरेर राख्नुभन्दा नयाँ परियोजना बनाएर जानुपर्छ भन्ने सोच विकास हुनु र व्यवस्थित आवास नै खरिद गर्नुपर्छ भन्ने आम उपभोक्ताको चेतना बढ्नु यसका कारक हुन्,” लोहनीले भने ।

सरकारले हाउजिङ क्षेत्रलाई बढावा दिन विभिन्न कार्यक्रम घोषणा गरेकाले पनि यसको सकारात्मक प्रभाव परेको लोहनीले बताए । “पछिल्लो समय सरकार हाउजिङ क्षेत्रप्रति सकारात्मक र केही लचिलो रूपमा प्रस्तुत भएकोले नै स्थिर भएको यो क्षेत्रले गति लिन थालेको पाएका छौं,” उनले भने ।

व्यवसायीका अनुसार अहिले घरजग्गा व्यवसायमा झन्डै ४ खर्ब रुपैयाँ लगानी भएको छ । “यसमा करिब १ खर्ब ५० अर्ब बैंक तथा वित्तीय संस्थाको र २ खर्ब २० अर्ब व्यवसायीको लगानी छ,” लोहनीले भने ।

विभागका अनुसार नेपालमा ०६० सालदेखि संयुक्त आवासको अवधारणाले संस्थागत रूप लिएको हो । ०६१ चैत मसान्तमा एउटाले मात्र संयुक्त आवास योजनाको स्वीकृति लिएको थियो । २०६२ मा २, ०६३ मा एक, ०६४ मा ७ र २०६५ मा ह्वातै बढेर २३ सम्म पुगेको थियो । त्यस्तै, आव ०६६ मा यो संख्या घटेर १२ मा झरेको थियो । २०६७ मा सात हाउजिङ तथा अपार्टमेन्ट परियोजना आए । ०६८ को माघभित्रै सात परियोजनाले स्वीकृति लिइसकेका छन् ।

२०६१ देखि हालसम्म विभागबाट ६१ हाउजिङ तथा अपार्टमेन्ट निमार्णका लागि स्वीकृति लिए पनि हालसम्म ६ वटा कम्पनीले मात्र निर्माणकार्य सम्पन्न गरेका छन भने दुई वटा कम्पनी नै रद्द भएका छन् । ***

तपाईको प्रतिक्रिया