Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जनताले तिरेको कर कसरी खर्च भइरहेको छ भनेर जान्ने हक आम नागरिकलाई दिलाउन अभियान चलाउनु आवश्यक रहेको विज्ञहरुको धारणा छ ।

भारतमा सूचनाको हकका लागि अभियान चलाउँदै आएका अरुणा रोय तथा निखिल डेले हिमाल साउथएसियन पत्रिका तथा एएसडीको आयोजनामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा सो धारणा प्रकट गरेका हुन् ।

लोकतान्त्रिक संस्कार र सूचनाको हक विषयक अन्तरक्रियामा आफ्ना अनुभव सुनाउँदै रोय र डेले भारतको राजस्थानबाट मजदुर किसान शक्ति संगठनले सर्वसाधारण ग्रामीण जनताका लागि सूचनाको हक दिलाउन चलाएको अभियानको अनुभव सुनाउँदै आम नागरिकले तिरेको कर कसरी खर्च भइरहेको छ भन्ने जानकारी हुने र त्यसमा सहभागी बन्न पाउने अवस्थाको विकास नै लोकतान्त्रिक संस्कार हो भने ।

हिमाल साउथएसियाका सम्पादक कनक दीक्षितको संयोजनमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ, पत्रकार र गैरसरकारी सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । ***

तपाईको प्रतिक्रिया