Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा चर्काएको माओवादी उपाध्यक्ष मोहन वैद्य समूहलाई अध्यक्ष प्रचण्डले पनि साथ दिएपछि भट्टराई पक्षधर सशंकित भएका छन् ।
भट्टराई पक्षधरले राजीनामाको प्रतिवाद गर्ने तयारी गरिरहेका छन् । यस समूहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल, स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी, राम कार्की, नवराज सुवेदी, डिलाराम आचार्यलगायत छन् ।
पौडेलले पार्टीभित्रबाट वा बाहिरबाट सरकारको राजीनामा मागिए राजनीतिक तथा वैचारिक प्रतिवाद गर्ने बताएका छन्। उनले अहिले सरकारको विकल्प माग्नु असान्दर्भिक बताउँदै यस्तो कार्यको आफूहरुले प्रतिवाद गर्ने बताएका हुन्। नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुला रहेको बताए।
उनले भने- ‘अहिलेको प्राथमिकता भनेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु हो।’
अहिले राजनीतिक वातावरण उत्तेजित बनाउने, असहज स्थिति सिर्जना गर्ने, पर्दा पछाडिबाट चलखेल गर्ने काम भइरहेको समेत उनले बताए।
नेता पौडेलले राजनीतिक सहमतिकै आधारमा माओवादी लडाकुको दर्जा निर्धारणको विषय टुङ्ग्याइने बताए।
सेना समायोजन सम्मानजनक हुनेमा आफू आशावादी रहेको बताउँदै उनले माओवादी लडाकुलाई अपमान गर्ने प्रयास गरिए सम्पूर्ण शान्ति प्रक्रिया नै अवरुद्ध हुने समेत बताए।
तपाईको प्रतिक्रिया