Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- संविधानसभाअन्तर्गतको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले जेठ १४ गते नयाा संविधान नआउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार राजधानीमा आयोजित साक्षात्कारमा सभापति आचार्यले भने, ‘प्रमुख राजनीतिक दलहरुको गतिविधि यथास्थितिमै रहिरहने हो भने जेठ १४ गते संविधान जारी हुन सक्दैन ।’ संवैध्ाानिक समितिमा बहस चलिरहेका बेला आचार्यको यस्तो भनाइ आएको हो ।
आचार्यले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्य पुनसंरचना, नागरिकताजस्ता प्रमुख विषयमा दलहरुबीच सहमति हुन नसकेको र दलहरुले संविधान निर्माणलाई भन्दा सत्ता स्वार्थलाई बढी ध्यान दिएकाले संविधान बन्न नसकेको दाबी गरे ।
‘जेठ १४ गते संविधान बन्न सकेन भने मुलुक ठूलो संकटमा फस्नेछ,’ आचार्यले भने, ‘त्यो संकटबाट प्रमुख तीनै दल दोषमुक्त हुन सक्दैनन् ।’ नेपाली जनताको संघर्षले प्राप्त परिणामलाई गुम्न नदिन पनि दलहरुले सत्ता स्वार्थलाई बिर्सी संविधान निर्माणलाई केन्द्रविन्दु बनाउनुपर्ने आचार्यको भनाइ थियो ।
प्रमुख दलहरुका शीर्ष नेताहरु सम्मिलित संयुक्त राष्ट्रिय सरकार नबनेसम्म मुलुक शान्ति प्रक्रिया र संविधान निष्कर्षमा पुग्न नसक्ने ठोकुवा पनि उनले गरे ।
साक्षात्कार कार्यक्रममा सभापति आचार्यले आजै बिहान बसेको विवाद समाधान उपसमितिको बैठकमा प्रमुख दलहरुका चारथरी धारणा आएको सहमति हुन नसकेको औंल्याउादै उनले भने, ‘तैपनि सहमतिमा नपुगेसम्म हामी लगातार छलफल गर्छौ, छिट्टै  नै मुलुकको शासन व्यवस्थाबार टुंगोमा पुग्ने छौं । राष्ट्रपति या प्रधानमन्त्री कसलाई कार्यकारी जिम्मा दिने भन्नेमा विवाद छ । तर, लोकतान्त्रिक विधि र प्रक्रियाअनुसारको व्यवस्था अपनाउनु नै उचित हो ।
आचार्यले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्वहरु मनाउन छाडिएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘देखिहाल्नुभयो- यो मुलुकमा राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस जस्ता यो । यो तपाईं, हामी कसैले नभई एक वर्गले एक वर्गले नमनाएको हो । २००७ सालको जनक्रान्तिको जगमा नै २०४६, २०६२,६३ को उपलब्धि हासिल भएको हो । २००७ सालको प्रजातन्त्र त्यसपछिका सबै राजनीतिक उपलब्धिका मातापिता सबै हो, जननी हो । प्रजातन्त्र दिवसलाई नमान्नु आफ्नै बाबुआमालाई नमान्नु हो ।’
मुलुकमा जसले प्रजातन्त्र र राष्ट्रिय एकता दिवस मनाएन, त्यो वर्गले नै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताविरुद्ध लान्छना लगाउादै मुलुकको स्वाधीनतालाई संकटमा धकेल्दै गरेको आरोप आचार्यले लगाए । सरकारले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस नमनाएर प्रजातन्त्रमाथि नै प्रहार गरेको उनको भनाइ थियो ।
‘कुनै पनि नागरिक राजनीतिक दलका लागि राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकसत्ताभन्दा ठूलो अरु कुनै कुरा हुन सक्दैन,’ कार्यक्रममा आचायर्यले भने, ‘त्यसैले म प्रजातन्त्रका लागि बलिदान दिने सञ्चारकर्मीहरुलाई आज शुभकामना दिन चाहन्छु- तपाईंहरुको कलम सधैं प्रजातन्त्रका लागि चलिरहोस् ।’
तपाईको प्रतिक्रिया