Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ – प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी केही दिनभित्रै सेना समायोजन प्रक्रिया ठोसरूपले अगाडि बढाउने लक्ष्यसहित आवश्यक गृहकार्य भइरहेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) को स्वर्ण महोत्सवको समापन तथा ५१ औँ वार्षिकोत्सवमा उनले सेना समायोजनको विषयमा पत्रकारलाई जिम्मेवार हुन आग्रह गरे।
उनले शान्ति र संविधान लेखनका पक्षमा विगतका सरकारका पालामा हुन नसकेका महत्वपूर्ण कामहरू वर्तमान सकारले आफ्नो झण्डै पाँच महिनाको कार्यकालमा धेरै सम्पन्न गरिसकेकाले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, युवा, विद्यार्थी, सञ्चारकर्मीलगायत सबै तह र तप्काबाट सदा झैं सहयोग प्राप्त भइरहे आगामी जेठ १४ गतेसम्म मुलुकलाई नयाँ संविधान दिन यो सरकार सफल हुने विश्वास व्यक्त गरे।
भट्टराईले शान्ति-प्रक्रिया र संविधान लेखनको मूल कार्यभार पूरा गरी अब आर्थिक क्रान्तिको दिशामा समग्र राज्यको ध्यान जानुपर्ने समय आइसकेकाले मुलुकमा देखिएका विकृति र विसङ्गतिको पर्दाफास गर्दै आर्थिक-सामाजिक रुपान्तरणसहित जनताको जीवनस्तर उकास्नेतर्फ सकारात्मक सोचका साथ कलम चलाउन सञ्चारकर्मीलाई अनुरोध गरे।
उनले जल, जमीन, जङ्गल, जडिबुटी र जनशक्तिको प्रचुरु मात्रामा उपयोग गर्दै कृषि, पर्यटन उर्जा, उद्योगधन्दा विज्ञान प्रविधि, विकास निर्माणलगायतका क्षेत्रलाई प्राथमिकता दिई मुलुकको अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मार्ने पक्षमा आफू रहेकाले यस अभियानमा सञ्चारकर्मीलगायत आमनेपालीबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे।
तपाईको प्रतिक्रिया