Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
पटना- बिहारका मुख्य मन्त्री नितिश कुमारले नेपाल र भारत सीमा क्षेत्रमा हुने अपराधिक घटना दुबै देशको समस्या भएको भन्दै आपसी छलफलबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा क्षेत्रको व्यवस्थापन गर्ने केन्द्रीय सरकारको जिम्मेवारी भए पनि आफ्नो राज्यमा देखिएका समस्या केन्द्रसमक्ष राख्न सक्ने बताएका हुन ।
पटनमा रहेका नेपाली पत्रकारसंग शनिबार उनले केन्द्रीय सरकारबाट हुने निर्णय राज्य सरकारले लागु गर्ने बताए । ‘सीमा समस्या समाधानका लागि केन्द्रीय सरकारले दिल्ली सचिबस्तरीय छलफल गरेको छ । गृह मन्त्रालय तहमा बिस्तृत छलफल भएको छ’ उनले आफ्नै निवास पटनामा शनिबार भने- बिहार सरकार केन्द्रीय सरकारले गरेको निर्णयको पूर्ण समर्थन गर्छ । हाम्रा केही निश्चित संयत्र छन् । समस्या समाधान गर्न दुई पक्षीय छलफल गर्न सकिन्छ ।’
उनले नेपाल र बिहारले बषर्ात्मा हुने डुबान समस्या समाधान गर्न नदीको सही व्यवस्थापन गरे दुबै देशलाई फाइदा हुने जनाए । ‘नेपालमा हिमालबाट आउन पानीको ठिक ढंगले व्यवस्थापन गर्नुपर्छ । नदीको पानी बाढीको रुपमा आएर बिहारमा  नोक्सान गरेको छ’ उनको भनाइ छ, ‘पानी व्यवस्थापन गरे, सिंचाई सेवा लिन सके दुबै देशलाई फाइदा हुन्छ । नदी व्यवस्थापन गरी बिजुली निकाले दक्षिण एशियाको सबभन्दा धेरै आयश्रोत भएको देशको रुपमा नेपाल पर्न सक्छ । दुबै देश मिलेर समस्या समाधान गर्नुपर्छ । हामीले प्रकृतिको फाइदा लिनुपर्छ । ‘
तपाईको प्रतिक्रिया